काठमाण्डौं, २८ असार । पार्टीले सरकारको समर्थन फिर्ता लिएको जानकारी गराउन सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका नेता कृष्णबहादुर महराले नयाँ कुराको खुलासा गरेका छन् ।
पार्टी प्रवक्ता पम्फा भुसालले समर्थन फिर्ता लिएको पत्र पढेर सुनाएपछि बोलेका महराले कांग्रेसले माओवादीलाई समर्थन गर्ने लिखित पत्र नै पठाइसक्यो खुलासा गरे ।
उनले भने, ‘कांग्रेस र एमालेबीच समझदारी भैसक्यो । कांग्रेसले माओवादीलाई लिखित पत्र नै पठाएको छ । उसले यसबारे छिट्टै औपचारिक जानकारी दिन्छ ।’
पत्रकारको सरकार आलोपालो प्रणलीमा चल्ने हो भन्ने प्रश्नमा भने उनले केही जवाफ दिएनन् । उनले भने, ‘ओलीजीले नौँ बुदे सहमति पलना गर्नतर्फ उहाँले गम्भीरता देखाउनु भएन । सोमबार हाम्रो पार्टी अध्यक्षज्यु सँग भएको छलफलमा पनि उहाँ गम्भीर नदेखिएपछि हामी यस्तो निर्णय लिन बाध्य भएका हौँ ।’ – काठमाण्डौ टुडे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...