सर्लाही, असार २८ - शौचालय बनाउने विषयमा विवाद हुँदा आफ्नै भाईले प्रहार गरेको खुकुरीले लागेर दाजुको ज्यान गएको छ ।
नारायणखोला ९ ड्याईनि खोला बस्ने ३५ बर्षीय कर्म योन्जनको भाईको खुकुरी प्रहारबाट मृत्यु भएको हो ।
आइतबार मृतक र २६ बर्षीय भाई दावा योन्जन बीच शौचालय बनाउने विषयमा झै–झगडा हुँदा दावा योन्जनले कर्म योन्जनको पेटमा खुकुरी प्रहार गर्दा घरमै मृत्यु भएको थियो ।
फरार दावा योन्जनको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...