-->
यी ५ वटा तथ्य जसले तपाईंको जिन्दगी बदलदिन्छ

बिहानीको खाजासँग दूध नछुटाउनुस् । बिहान खाइने खाजा, जस्तै मुस्ली, कर्नफ्लेक्समा दूध हालेर खाँदा ४० प्रतिशतसम्म भिटामिनहरू दूधमा घुल्न पुग्छन् र पोषण बढाउँछन् । नून, कागती र कालो खुर्सानीलाई पानीमा उमालेर एकाबिहानै खाने गर्नुभयो भने पेटका सबै समस्या गायब हुन्छन् । गाजर र अदुवाको रस ब्रेकफास्टसँग दिनदिनै खानुभयो भने तपाईंलाई हत्तपत्त बिरामीले छुनै सक्दैन ।
व्यायाम गर्नुअघि र व्यायामका बखत बरफ हालेको पानी पिउनुस् । चिसो कुराले तपाईंको सहनशीलता बढाउँछ भनी अध्ययनहरूले देखाएका छन् । बरफयुक्त पानीले तपाईंको शरीरलाई क्यालोरी खर्च गर्न लगाएर न्यानो बनाउँछ र मेटाबोलिजम बढाउँछ । नुहाइसकेपछि पहिला टाउको र घाँटी सुकाउनुस् । यसो गर्दा तपाईं चिसोबाट बच्न सक्नुहुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.