-->
मेरो जिउ देखेरै मानिसहरु थर्किन्छन् - कलाकार दीपाश्री निरौला

डिसीनेपाल डटकम – दीपाश्री निरौला पछिल्लो समय निर्देशकको रुपमा स्थापित हुने कसरतमा छिन् । नायिका तथा हास्य कलाकार हुँदै उनले फिल्म ’छक्का पञ्जा’ मार्फत आफूलाई निर्देशकको रुपमा पनि उभ्याएकी छिन् । आगामी भदौ २४ गतेदेखि प्रदर्शन आउन लागेको छक्का पञ्जाको छायांकन सकिएपछि पछिल्लो समय दीपाश्री निरौला निकै मोटाएकी छिन् । अहिले उनको मोटाएको फिगरको जताततै चर्चा छ ।
मोटाएको फिगरकै सम्बन्धमा अनलाईखबरले गरेका कुराकानीका क्रममा दीपाले आफू पातली हुँदा भन्दा मोटी हुँदा नै चर्चा हुने गरेको र ऐनामा हेर्दा पहिलेभन्दा झन् राम्री लाग्ने बताएकी छिन् ।
६६ केजी तौल भएकी दीपाले नियमित व्यायाम नगरेरै मोटाएकी स्वीकार गर्दै जिउ देखेरै मानिसहरु थर्किने ठट्यौली जवाफ दिएकी छिन् ।
मोटी हुँदा मानिसको व्यक्तित्व झल्कने बताउँदै उनले एकै पटक भन्दा पनि विस्तारै विस्तारै तौल घटाउन अरुलाई समेत सुझाव दिएकी छिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.