-->
माओवादीले तत्काल सरकार नछाड्ने, तीन मन्त्री फेर्ने तयार

काठमाडौं, असार २६– नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने संकेत गरेको छ । सरकार ढाल्नु पर्ने पक्षमा पार्टीभित्र आवाज उठाउने नेताहरुलाई सरकारमा पठाउने र केही मन्त्रीलाई फिर्ता बोलाएर भए पनि माओवादीले अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी थालेको हो ।
माओवादीले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्दै वर्तमान सरकार छाड्ने प्रयास गरे पनि मन्त्री फेरेर यही गठबन्धनलाई निरन्तरता दिने मनस्थितिमा पुगेको माओवादी केन्द्रका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा उज्यालो अनलाइनलाई जानकारी दिए ।
स्रोतका अनुसार माओवादीले उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री शक्ति बस्नेत र आपूर्ति मन्त्री गणेशमान पुनलाई फिर्ता बोलाउने तयारी थालेको छ । रायमाझी, बस्नेत र पुनलाई फिर्ता बोलाएर कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साहलाई सरकारमा पठाउनेबारे माओवादीले आन्तरिक छलफल तीव्र पारेको छ ।
शक्ति बस्नेतको चुनौति
सरकारबाट हटाउने विषयमा गृहमन्त्री शक्ति बस्नेतले कडा आपत्ति जनाउनुभएको छ । बस्नेतले आफूलाई सरकारबाट निकालेर देखाउन चुनौति दिएको एक माओवादी नेताले जनाए । सरकार गठन भएदेखि नै बस्नेतविरुद्ध सरकार बाहिर रहेका माओवादी नेताहरु असहिष्णु बन्दै आएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.