काठमाडौं, २२ असार । माओको नाम बेचेर नेपालीले के के मात्र गर्दा रहेछन् ? प्रचण्ड कमरेड अस्ट्रेलिया जानबाट रोकिएको केही दिन नबित्दै एक क्रान्तिकारी काकाले राजधानीमा भतिजीलाई पटक पटक बलात्कार गरेको खुलेको छ ।
काभ्रे धुसेनी शिवालय गाविसकी मीन (नाम परिवर्तन) गाउँकै विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी त्यहींको उच्च माविमा अध्ययनरत थिइन् । मुलुककै संसद् भवनबाट ३ सय मिटरको दूरीभित्रै बसोबास गर्ने ४३ वर्षीय काका मोतीलाल गौतम ०७१ साल मंसिरमा गाउँ गए । चाडबाडको रौनक सकिएपछि मीनुका बाबुआमा तथा उनका दाजु भाउजूलाई भने, ‘छोरी हुर्किसकी, अब मसँगै काठमाडौं जान्छे, सँगै बस्छे, उतै पढ्छे, सानोतिनो जागिर पनि लगाइदिन्छु ।’ आकर्षक जिउडालकी र भर्खर १९ वर्ष पुगेकी भतिजीतर्फ हेर्दै उनले भने, ‘काकी एक्लै हुन्छे, उसलाई साथी पनि हुन्छ ।’ भाइले यसो भनेपछि गाउँमा दाजु भाउजू खुसी नहुने कुरै भएन । मीनु पनि दंगै परिन् र काकाको साथ लागेर काठमाडौं आइन् ।
हिँड्ने बेला दाजु भाउजूले सकेजति खाद्यसामग्री र मीठो परिकार बनाएर पठाए । मोतीलालले भतिजीलाई काठमाडौं ल्याएको दुई दिनपछि काममा लगाइदिने भनी बानेश्वरस्थित निजामती अस्पताल लगे । आफू क्यान्टिनमै बसेर चिनजानका एकजनालाई भेट्न पठाए । ती मानिसले अस्पतालको भुइँ पुछ्ने काम गर्नुपर्छ, पढेकी यति राम्री मानिस गर्न सक्छौ त भनेर सोधे । मीनले काम गर्दा के फरक पर्छ र भनी त्यही पनि गर्न तयार रहेको बताइन् । त्यसपछि बिहान ७ बजे आएर साँझ ५ बजेसम्म खट्नुपर्छ भनियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...