-->
एकै दिन साउदीका तीन ठाउँमा बम आक्रमण : ३६ को मृत्यु, १५० घाइते

रियाद, २२ असार - साउदी अरबमा सोमवार तीनवटा शक्तिशाली विस्फोट भएका छन्। एउटा आक्रमण मदिना मस्जिद बाहिरए भएको छ।
अन्य दुई हमला जेद्दामा अमेरिकी दूतावास र अल-कातिफमा शियामा भएको हो। यी तीन हमलामा कम्तिमा पनि ३६ जना मारिएका छन् भने १५० जना घाइते भएका छन्।
साउदी सरकारको गृहमन्त्रालयका अनुसार एक आत्मघाती आक्रमणकारी पाकिस्तानी नागरिक भएको खुलेको छ। सोमवार मध्यराति साउदी अरबको गृह मन्त्रालयले अमेरिकी राजदूतावासको बाहिर आफूलाई बमले उडाउने ब्यक्ति पाकिस्तानी नागरिक अबदुल्ला गुलजार खान भएको पुष्टि गरेका हुन्।
गत शुक्रबार ढाकामा भएको हमलामा पनि पाकिस्तानी जासुस एजेन्सी आईएसआईको हात रहेको दाबी बंगलादेश सरकारले गरेको थियो। सीएनएनका अनुसार साउदीमा भएको हमलप्रति अमेरिकाले कडा प्रतिक्रिया जनाउँदै सशक्त कदम चाल्ने प्रतिक्रिया दिएको छ। आफ्नै दूतावास नजिकै केही दिनको बीचमा दुई पटक हमला भएपछि अमेरिकाले साउदी अरब सरकारसँग प्रतिवेदन माग गरेको छ।
साउदी अरबका स्थानीय सञ्चारमाध्यमका अनुसार आतंकवादीहरुले अल कातिफ शहरको अल कदिह इमाम अली शिया मस्जिदमा एक आक्रमणकारीले आफूलाई बमले उडाएका थिए। यो आक्रमणमा कम्तिमा पनि ३० जना मानिस मारिएका छन्। यो स्थान सिया मुसलमानको गढका रुपमा परिचित छ।
यसको केही मिनेटमै दोस्रो आत्मघाती आक्रमण मदिना शहरमा पैगम्बर मोहम्मदको मस्जिद बाहिर भएको थियो। यहाँ आत्मघाती आक्रमणकारीले आफूलाई बमले उडाएका थिए। हमलाको समयमा सुरक्षागार्डहरु प्राथनामा ब्यस्त थिए।
तेस्रो आक्रमण जेद्दाहमा अमेरिकी दूतावास नजिकै सोमबार भएको थियो। जुन आक्रमणमा दुईजनाको ज्यान गएको थियो। आक्रमणकारी बिरामी बनेर दूतावास नजिकैको मस्जिद नजिकै गइरहेका थिए। मक्कापछि मदिना इस्लाम धर्ममा सबैभन्दा पवित्र मानिन्छ। यहाँ हरेक वर्ष करोडौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरु आउने गर्छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.