दाङ, असार २३ - देउखुरीको सतवरिया ८ रिहारमा किराना पसल गर्दै आएकी एक महिलाको चक्कु प्रहार गरी हत्या गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले चक्कु प्रहारबाट घरमै २७ वर्षीया बालिका चौधरीको मृत्यु भएको जानकारी दिएका छन् ।
प्रहरीले सोही घरमा डेरा बसि किराना पसल गर्दै आएकी चौधरीको गएराति हत्या भएको बताएको छ । मृतक चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरीरमा खत समेत देखिएकोले चौधरीको हत्या भएको हुन सक्ने एसपी सिंहले बताएका छन् ।
चौधरीका श्रीमान भने रोजगारीको सिलसिलामा विदेशमा छन् । हत्या कसले र किन गरेको भन्नेबारे खुल्न सकेको छैन । प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...