आफ्नो नेतृत्वमा सहमतिय सरकार बनाउने भन्दै आएको एमाओवादीले एक्कासी सरकार छाडेपछि नयाँ समिकरण सुरू भएको छ । सहमतिय नभए बुहमतिय सरकारमा भएपनि कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वाशन दिएपछि माओवादी अध्यक्ष प्रचण्डले सरकारको समर्थन फिर्ता लिएका हुन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि परिस्थिती भने उल्टो हुने खतरा बढेको छ । कांग्रेसका दोस्रो वरियताका नेताहरूले अब सरकार परिवर्तन हुन्छ, कसको नेतृत्व भने टुंगो लागिनसकेको भन्दै टिप्पणी गर्न थालेका छन् । माओवादीलाई समर्थन नगरेर एकपटक आफ्नै नेतृत्वमा सरकार बनाउने दाउ कांग्रेसको रहेको बुझिएको छ । अन्तिम अवस्थामा मात्र प्रचण्डलाई समर्थन गर्ने अन्यथा सुरूमा अब आफै अगाडी सर्ने दाउमा कांग्रेस लागेको देखिएको छ । यो विषयमा कांग्रेसको औपचारिक धारणा नआएपनि कांग्रेस नेता मिनेन्द्र रिजाल, रामशरण महत लगायतका नेताले माओवादी र कांग्रेस सत्तासाझेदार बन्ने सहमति भएको तर नेतृत्व कसको भन्ने विषयमा अब बल्ल बहस हुने बताएका छन् । माओवादी नेताहरूले कांग्रेस माओवादी नेतृत्वको सरकार बनाउन सहमति दिएको दाबी गरिरहँदा कांग्रेसले भने अबको प्रधानमन्त्रीको विषयमा बल्ल बहस सुरु भएको बताउँदा कतै माओवादी माछो-माछो भ्यागुतो बनेको त होइन भन्ने आश.का गरिएको छ ।
भएको सत्ता समिकरण छाडेर सरकारको नेतृत्व नपाए, अथवा बहुमतिय सरकारमा गएर काम गर्न नसेको अवस्थामा माओवादी चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी को अवस्थामा पुग्ने खतरा पनि देखिएको छ । संसदीय राजनीतिमा इतिहाँसमा यस्ता घटना धेरै भएका छन् । सरकारको गठबन्धन भत्काएपछि कांग्रेसले माओवादीलाई समर्थन नगरेर आफु अगाडी सरे, अथवा कांग्रेस र एमाले मिल्ने खतरा सबै हुन सक्छ । यस्तो अवस्थामा कतै माओवादी पाखा लाग्ने खतरा त हुन्न भन्ने अर्काथरीको अड्कल छ । कुनैपनि सरकार लामो समय टिक्न नसकेको नेपालमा ओली सरकार पनि त्यसैको सिकार भएको छ । ओलीलाई सिकार बनाएको माओवादीलाई कांग्रेसले सिकार बनाउने धेरैले अनुमान गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...