-->
सरकार छाडेको माओवादीले प्रधानमन्त्री ओलीलाई अन्तिममा यसरी सघाउन

काठमाडौं, २९ असार । सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले वर्तमान सरकालाई ‘अन्तिम’ सहयोग गर्ने निर्णय गरेको छ ।
माओवादी नेता एवं हालका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले माओवादी केन्द्रको बुधबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिए पनि बजेट पारित गर्न सघाउने निर्णय गरेको जानकारी दिए ।
व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव समेत दर्ता गरिसकेको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकालाई माओवादीबाट सम्भवतः यो नै ‘अन्तिम’ सहयोग हुनेछ ।
माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपनि बजेट पारित गर्न दिने तर, त्यसअघि एमालेसँग उच्चस्तरमा छलफल गर्ने निर्णय भएको नेता पोखरेलले बताए ।
मंगलबार सरकारबाट समर्थन फिर्ता लिएको माओवादीले बुधबार कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.