-->
माओवादीको सरकार छाड्ने निर्णयबारे ज्योतिषले गरे अनौठो भविष्यवाणी!

काठमाडौं, २८ असार । सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनबारे विभिन्न खालका बहसहरु भइरहेका छन् ।
कांग्रेसँग मिलेर सरकार बनाउन माओवादीले कसरत सुरु गरिसकेको छ भने यता प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने अडान लिँदै संसदको सामना गर्ने बताइरहेका छन् ।
अर्काेतर्फ संविधानविदहरुले नयाँ संविधानअनुसार वर्तमान सरकार कुनै एक दलले समर्थन फिर्ता लिँदैमा नढल्ने भन्दै कामकारवाही अगाडि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छन् ।
यसैबीच ज्योतिषहरुले पनि माओवादीको सरकार छाड्ने निर्णयबारे पूर्वानुमान गरेका छन् । चर्चित युवा ज्योतिष डा. सुनील सिटौलाले सरकारबाट समर्थन फिर्ता लिने माओवादी निर्णय अध्यक्ष पुष्पकमल दाहाले फिर्ता लिनसक्ने सम्भावना रहेका भविष्यवाणी गरेका छन् ।
उनले भनेका छन्– ‘ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिने निर्णय भन्ने समाचार छ । तर, शुक्र ग्रह भोली बिहान उदाउँदैछ । पुनर्विचार गर्लान जस्तो देखिन्छ ।’ दैनिक नेपालबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.