-->
ओली सरकार ढाल्न नहुने पक्षमा देखिएका नारायणकाजीलाई माओवादीले दियो यस्तो चेतावनी

काठमाडौ,असार ३१। एमाओवादीका बरिष्ठ नेता नारायणकाजीलाई पार्टीभित्रको असन्तुष्टि बाहिर अभिव्यक्ति गर्दै नहिँड्न माओवादी केन्द्रले चेतावनी दिएको छ ।
पछिल्लो समय ओली सरकार ढाल्ने पक्षमा विमती राख्दै आएका नेता नारायणकाजीले ओली सरकार छोड्ने निर्णयको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै केन्द्रीय कार्यालयको बैठकमा नेताहरुले उनको चर्को आलोतना गरेका छन् ।
‘पार्टीले सरकार परिवर्तन गर्ने सबै जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको हो भन्दै पार्टीका कुनै पनि नेतालाई खबर नगर्दा असन्तुष्टि जनाउनु नपर्ने भन्दै कतिपय नेताहरुले उनकै अगाडी कुरा उठाएका थिए ।
शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकमा श्रेष्ठलाई पार्टीको कुरा बाहिर भन्दै पार्टीले नहिड्न सचेत गराएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.