-->
यौनसुखका लागि अब सेक्स पार्टनर नचाहिने भयो सेक्स रोबोटको प्रयोग पनि बढ्दो रोबोटसँग सेक्स गरिसकेपछि मानिससँग सेक्स गर्न निकै कठिनाइ

अब यौन सम्पर्क राख्न वा यौन सुख प्राप्त गर्नका लागि कुनै सेक्स पार्टनरको आवश्यकता पर्नेछैन । जब तपाइँको मन जाग्नेछ तब सहवासका लागि तयार हुन सकिनेछ । तपाइँको यो यौनचाहनलाई पूरा गरिदिनेछ एन्ड्रोइड सेक्स डलले ।
सेक्स डलबाटै तपाइँ आफ्नो यौनसुख पूरा गर्न सक्नुहुनेछ । आगामी दिनमा युवा पुस्ताले सेक्स रोबोटका मद्धतबाट यौनसुख लिन सक्नेछन् ।
एन्ड्रोइड अपरेटिंग सिस्टमबाट चल्ने यस्तो सेक्स डल हाल अमेरिका र जापानका बजारमा उपलब्ध छन् । यी यौन रोबोट खेलौना बोल्छन् र केही कुरा बुझ्दछन् पनि । त्यसैले पर्याप्त यौनसुख दिलाउन सक्नेछन् ।
महिला सेक्स डलको नाम रोक्सी र पुरुष सेक्स डलको नाम रकी राखिएको छ । यी डललाई निकै कामूक तथा आकर्षक बनाइएको छ ता की युवाहरु मरिहत्ते गरुन् ।
तर विशेषज्ञहरुका अनुसार यस्ता रोबोट सेक्स डलसँगको यौनसम्बन्ध निकै घातक हुनसक्छ । रोबोटसँग सेक्स गरिसकेपछि मानिससँग सेक्स गर्न निकै कठिनाइ हुने बताइन्छ ।
सेक्सटोयको सट्टा
सेक्सटोयको सट्टा सेक्स रोबोटहरूको प्रयोग बढ्न थालेको छ । एक अनुसन्धानअनुसार पछिल्लो १० वर्षमा सेक्स रोबोटको लोकप्रियता बढ्दै गएको छ ।
डाक्टर इयान पियर्सनका अनुसार ब्याट्री प्रयोग हुने यस प्रकारको रोबोटलाई रिमोट कन्ट्रोलबाट पनि चलाउन सकिन्छ । यो रोबोटको शरीरको माथिको भागलाई आवश्यकताअनुसार फैलाउन पनि सकिन्छ । यो ५ फिटसम्म अग्लो हुन्छ । मिररसिओडट्युकेका अनुसार सजिलो तथा आफ्नो इच्छाअनुसार चलाउन पाइने हुनाले यसको प्रयोग बढ्न थालेको हो ।
वैज्ञानिक तथा अनुसन्धानकर्मीहरूका अनुसार सेक्स रोबोटको प्रयोग बढ्दै गए मानिसहरूबीचको अन्तक्र्रिया कम हुने खतरा छ ।
अनलाइनखबर र कान्तिपुर साप्ताहिकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.