रमेश २५ वर्षका मात्र छन् । उनलाई केटी देख्नै हुदैन । नजीक पुग्योकि सेक्स गर्न मन लागि हाल्छ । त्यसैले उनी केटी देख्योकि भाग्छन् । घरमा पनि आफ्ना नातेदार केटी छेउ बस्न पनि सक्दैनन् । थाहा छ उनलाई, यो सोचाई गलत हो । तर उनी त्यसबाट छुटकारा पाउन सक्दैनन् । जति गरेपनि नकारात्मक सोचाई आउन छाड्दैन । हेर्दा उनी ठिक र फिट पनि छन् । सेक्सको कुरामा मात्र उनलाई गलत विचार आउँछ । उनी यस्तो समस्या भन्न पनि सक्दैनन् । लुकाउन पनि नसक्ने अवस्थामा छन् । समस्या बढ्दै गएपछि उनी मन्दिर पुग्छन् । मन्दिरमा जादाँ पनि भगवानकै बारेमा नकारात्मक सोच आउँछ । घर आउछन् नुहाएर ‘कुल’ हुन चाहन्छन् । घण्टां सम्म नुहाइरहन्छन् ।
यस्ता अनौठा, विचित्र र अशुद्ध सोचाई उनको मनमा पटकपटक आइरहन्छन् । यस्ता अशुद्ध सोचाइले गर्दा छटपटी पैदा हुन्छ । के गरौं र कसो गरौं हुन्छ । कहिलेकाँही चिच्याउने पनि गर्छन् । धेरै मानिसलाई यो कुनै रोग हो भन्ने लाग्दैन । उमेरले भयो होला भन्ने सोच्छन् । किनकि मानिसलाई लाग्छ, मानिसको मन न हो, बहकिन्छ । कहिलेकोही जे पनि सोचिन्छ । जब उनी यो समस्यामा चरम उत्कर्षमा पुग्छन्, त्यसपछि मात्र डाक्टरको सहारामा पुग्छन् ।
कस्तो समस्या हो यो ?
यस्तो समस्यालाई अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसिडि) भनिन्छ । यो एक मनोवैज्ञानिक समस्या हो । यस्तो समस्या भएका मानिसमा सोचाइको सीमा नै हुँदैन । यस्ता सोचाइ हटाउन केही काममा व्यस्त हुनुपर्ने हुन्छ ।
यो एउटा यस्तो रोग हो जसमा बारम्बार एउटै सोचाई, विचार, दृश्य दिमागमा आइरहँदा छटपटी हुन्छ । हटाउने चाहना हुँदाहुँदैं पनि बारम्बार सोचाई दोहोरिरहन्छ । यस्ता समस्या भएका कतिपय बिरामीमा डिप्रेसनका लक्षण पनि पाइन्छन् । बिरामी मनभित्र अनेकौ सोचाईबाट ग्रसित हुन्छन् ।
के कारणले हुन्छ यस्तो ?
यो रोगको खास कारण थाहा छैन । तर मस्तिष्कमा सेरोटोनिन् भन्ने रसायनको गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइएको छ । बंशाणुगतरुपमा पनि यो रोग सर्ने गर्छ ।
यो रोगको उपचार कसरी गरिन्छ ?
यसमा विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार गरिन्छ, जसअन्तर्गत सोचाइ परिवर्तन गराउने, बिरामीको सोचाइअनुसार ध्यान केन्द्रित हुन नदिनेजस्ता उपचार गराइन्छ । समयमै वास्ता गरिएन भने यो रोग पछि कडा मानसिक रोगका रूपमा देखा पर्छ । पटक–पटक एउटै काम गर्ने मानिसलाई आफूले त्यो काम किन गरिरहेको छु भन्ने ख्यालै हुँदैंन । अरूले उसको बानी नै त्यस्तै रहेछ भनिठान्छन् । तर, समस्या जटिल बन्दै गएपछि मात्र यो रोग लागेको थाहा हुन्छ ।
कस्तालाई हुन्छ यो रोग ?
यो रोग अन्त्यन्तै नैतिकवान, आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने
खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसले अरूबाट पनि आफूजस्तै आशा गर्छन्, तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षमता कम हुने, सानो कुरालाई पनि मनमा ठुलो रुपमा लिने मानिसमा हुने सम्भावना बढी हुन्छ ।
@डा. सि पी सेडाई (नशा तथा मनोरोग बिशेषज्ञ चितवन मेडिकल कलेज) Source -Sawasta khabar


0 comments
प्रतिक्रिया दिनुहोस्...