अन्तिम समयमा प्रमुख दलहरुबीच कुरा मिल्यो, पहिला बजेटसम्बन्धि बिधेयक पेश गर्ने
संसद बैठक साढे चार बजे बस्ने

काठमाडौं, ७ साउन । प्रमुख दलका शीर्ष नेताहरुबीच अन्तिम समयममा सहमति भएको छ ।
उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष भीम रावलका अनुसार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच अर्थ विधेयक र अविश्वासको प्रस्ताव एउटै कार्यसूचीमा राख्ने सहमति भएको हो ।
‘अन्तिम समयमा तीन वटै दल लचक भएर पहिला अर्थ विधेयक पारित गर्ने र त्यसैमा अविश्वासको प्रस्तावलाई छलफलका लागि ल्याउने सहमति भयो’ रावलले भने- ‘अपराह्न साढे चार बजे संसद बैठक बस्छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...