-->
विदेशीले आँखा लगाएको मुस्ताङको युरेनियम खानीको सुरक्षा जिम्मा नेपाली सेनालाई

मुस्ताङको लोमान्थाङस्थित भेटिएको युरेनियम स्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयले युरेनियमको सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको हो ।
युरेनियमको अध्ययन अन्वेषणको जिम्मा भने उद्योग मन्त्रालयलाई दिएको छ ।
खानी तथा भूगर्भ विभागले हालै मात्र मुस्ताङमा प्राकृतिक खानीमा युरेनियम, नुन, पेट्रोल र कोइला रहेको पुष्टि गरेको थियो । लगतै उद्योग मन्त्री पाण्डे आफैं उक्त स्थानमा पुगेर अवलोकन गरेका थिए ।
युरेनियम पारमाणविक उर्जामा प्रयोग हुन्छ । र, मुस्ताङको लुमान्थाङमा युरेनियम रहेको अनुगमन टोलीले बताएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.