काठमाडौँ । पछिल्लो समयकी चर्चित नायिका प्रियंका कार्कीले आाफुसँग सपनाको लामो ‘लिस्ट’ भएको र तयो पुरा गर्ने बाटोमा अग्रसर बनेको बताएकी छिन् ।
हाल अमेरीकामा रहेकी नायिका प्रियंका कार्कीले एक अन्र्तवार्ताका क्रममा धेरैजसो सपनाहरु साकार हुँदै गइरहेका बेला अब सामाजिक काममा लाग्ने बताएकी छन् ।
जुन उनको सपनाहरु मध्येको एउटा बुँदा समेत हो । उनले भनिन् ‘पब्लिक फिगर’ भैसकेपछि सामाजिक उत्तरदायित्व पनि आउँदो रहेछ । मलाई एकदमै बच्चाहरु मन पर्छ । मेरो गीतहरुले गर्दा पनि मलाई बच्चाहरुले चिन्ने गर्दछन् ।
अभिनयका क्रममा बच्चादेखि हजुरआमाको अभिनय समेत गरेकी यि नायिकाले अमेरीका बसाईका क्रममा पूर्व पति रोचक मैनालीलाई भेट्ने संभावना रहेको समेत बताएकी छिन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...