-->
सरकार परिवर्तनबारे बिजुक्छेकाे सनसनीपुर्ण खुलासा – भारतकाे इच्छा पुरा भयाे , काे काे छन याे मिसनमा ?

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार परिवर्तन भारतको चाहनामा भएको बताउनु भएको छ । रफत सञ्चार क्लबको आयोजनामा आज भएको साक्षात्तकार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले नेपाली काँग्रेसका सभापति देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको निर्देशनमा सरकार परिवर्तन गरेको बताउनुभयो । मुलुकको आवश्यकताले भन्दा पनि भारतको चाहनाअनुसार वर्तमान सरकार परिवर्तन भएको उहाँको भनाइ छ ।
बिजुक्छेंले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको आरोप लगाउनुभयो । उहाँले भ्रमणले सम्झौताहरुलाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन तर्फ अग्रसर बन्न नसके यसले नेपालीलाई ठूलो बेफाईदा हुने बताउनुभयो ।
वर्तमान सभामुख ओनसरी घर्ती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तथष्ठता कायम गर्न नसकेको बताउनुभयो । उहाँले सभामुखको भूमिकामा समेत प्रश्न उठेको बताउनुभयो । सरकार परिवर्तनसँगै भुकम्पपिडित, बाढीपहिरोपीडित, मधेशको समस्या समाधानको पाटो र संबिधान कार्यान्वयनको पाटोमा समस्या देखिने उहाँको भनाई छ । उहाँले संविधान कार्यान्वयनको पक्षमा राजनीतिक अस्थिरतासँगै नेपालमा बिभिन्न खालका अपराध मौलाउनुका साथै दण्डहिनता बढ्ने बताउनुभयो ।
उहाँले मधेशबादी दलहरु चेस खेलमा सिपाही भएको भन्दै उनीहरुले राजनीतिमा कुटनीतिक सफतला हासिल नगरेको र भारतको गोटी भएको चर्चा गर्नुभयो । सरकार परिवर्तनसँगै देखिएको नयाँ सरकार गठनको बिषय जटिल रहेको र यसतर्फ संबैधानिक जटिलताहरु समेत रहेकाले सरकार गठनका बिषय त्यती सहज नभएको उहाँले बताउनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.