-->
माओवादीले पुरा गरिदियो केपी ओलीको अन्तिम चाहना

यतिबेला देशको राजनीतिले एकाएक फरक मोड लिएको छ । नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएसँगै पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सामाजिक संजाल खनिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सहानुभूति र हौसला प्रदान गरिरहेको छ । तर, सरकार ढल्नुमा पक्कै पनि माओवादी मात्र दोषी भने छैन । यसमा एमाले पनि त्यति नै दोषी छ जति माओवादी दोषी छ ।
ओलीको ढलिसकेको सरकार
वैशाख २२ गते माओवादीले कांग्रेससँग अलिखित सहमति गरेर ओली सरकार ढाल्ने अन्तिम तयारी गरेको थियो । माओवादीको आकस्मिक आएको यस्तो निर्णयले ओली झस्किए र तत्काल प्रचण्डसँग गम्भीर छलफल थाले । जसअनुरुप वैशाख २३ गते राति एकाएक ढलिसकेको ओली सरकार जोगियो ।
ओली सरकार जोगिनुको प्रमुख कारण थियो माओवादीले एमालेसँगको सहकार्य तोड्न नचाहनु । सकेसम्म माओवादी कांग्रेस भन्दा एमालेसँगै सहकार्य गर्न चाहन्थ्यो । तर, द्धन्द्धकालिन मुद्धाले गम्भीर रुप लिने र आफूहरुलाई फसाउन लागिएको संकेत पाएपछि माओवादी नेतृत्व तहमा आफ्नो प्रतिििधत्व चाहन्थ्यो ।
सोही विषयमा प्रचण्डले ओलीलाई जानकारी दिएका थिए । प्रचण्डको कुरा सुनेपछि ओलीले २३ गतेको दुवै पार्टीका शीर्ष तहका नेता सम्मेलित बैठकमा ओलीले बजेटअघि नै सरकार ढाल्दा जनतामा नकारात्मक सन्देश जाने हुँदा सहमति गरेर अघि बढ्न आग्रह गरे । ओलीको आग्रहलार्य स्वकिार्दै माओवादीले उसँग लिखित नौँ बुँदे र तीन बुँदे भद्र सहमति गर्यो । जसको एक बुँदा बजेट पारित भएपछि माओवादीको नेतृत्वमा सरकार गठन गर्न एमालेले सघाउने उल्लेख थियो ।
तर, विगतमा कांग्रेसलाई भद्र सहमति उलंघन गरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेको एमालेले आफै माओवादीसँग गरकेो भद्र सहमति कार्यान्वयन गरेन । जसको पष्टी एमालेका केही उच्च तहका नेताले गरिसकेका छन् र त्यसको दोष ओलीमाथि नै थोपरेका छन् ।
माओवादीको पटक–पटकको प्रयास र ओलीको डिसिजन
ओलीले भद्र सहमति त परै जाओस् माओवादीसँग गरिएको लिखित नौँ बुँदे सहमतिसमेत कार्यान्वयन गर्ने छाट नदेखाएपछि माओवादी ओलीसँग रुष्ट बन्दै गयो । जसस्वरुप उसले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पटक–पटक आह्वान गर्यो । त्यतिमात्र नभएर ओलीलाई भद्र सहमति कार्यान्वयन गर्नसमेत आग्रह गर्यो । तर, भाषण, नीति तथा कार्यक्रम र बजेटमार्फत जनतामाझ लोकप्रिय बनेका ओलीले सरकार माओवादीलाई सुम्पने कुरै थिएन । उनले माओवादीको आग्रहलाई सिधै अस्वीकार गरे र जे पर्छ देखाजाएगा भन्ने रणनीतिका साथ अघि बढे । उनको सरकार नछाड्ने डिसिजन पहिलो र अन्तिम डिसिजन रह्यो ।
यसरी ओलीले सरकार छाड्ने छाटकाँट नदेखाएपछि तनाबमा रहेको माओवादीले कांग्रेससँग भित्रिरुपमा नयाँ सरकार गठनका लागि गोप्य छलफल चलाइरह्यो । उता ओलीलाई मनाउन समेत प्रयासरत रह्यो । कांग्रेस माओवादी नेतृत्वमा सरकार बनाउन तयार रह्यो तर ओलीले सत्ता छाड्न चाहेनन् । जसका कारण माओवादीले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै ओली सरकारबाट फिर्ता हुने सम्मको रणनीति तयार पारेर अघि बढ्यो ।
एमालेको प्लान कमल थापा र विजयकुमार गच्छदारले चाल पाएपछि….
एमाले र माओवादी गठबन्धनमा बनेको सरकारमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रि) का अध्यक्ष विजयकुकार गच्छदारको पनि महत्वपूर्ण भूमिका छ । देशले भूकम्प र नाकाबन्दीको सामना गरेका बेला थापा र गच्छदारले आफ्ना एजेण्डा छाड्दै सरकारमा सहभागी भएका थिए । उनीहरुको संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका रहेको थियो । यस्तोमा सरकारका दुवै उपप्रधानमन्त्रीले एमाले र माओवादी गठबन्धनकै सरकार रहिरहोस् भन्ने चाहन्थे ।
यस्तोमा माओवादीले सरकार छाड्ले लगभग पक्कापक्की भएपछि कमल थापाले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सत्ता गठबन्धन नटुटाउन र सकेसम्म लचिलो भएर प्रस्तुत हुन ओलीलाई सुझाएका थिए । एमालेले सरकार नछाड्ने र माओवादीलाई आफै समर्थन फिर्ता ल्याउन दबाब दिने रणनीति बनाएको चाल पाएका थापाले ओलीलाई पार्टीगत स्वार्थमा नलाग्न आग्रह गरेका थिए । एमालेले बनाएको माओवादीलाई आफै सरकारबाट बाहिर जान बाध्य बनाउने र त्यसको फाइदा आफूले लिने योजना चाल पाएका थापाले माओवादीलाई सरकार ढालेको आरोप लागेपछि चुनावमा एमालेको भोट बढ्ने कुरा मात्र ठूलो नभइ अहिले देशको परिस्थिति अनुसार चल्न सुझाव दिएका थिए ।
त्यसैगरी सरकार परिवर्तन गर्नहुन्न भन्दै हिँडेका अर्का नेता गच्छदारले पनि ओलीलाई लचिलो भएर राष्ट्रिउ स्वाधिनताको रक्षा गर्ने बाटोमा अघि बढ्न सुझाएका थिए । उनले जसरी हुन्छ बर्तामान गठबन्धनमा बनेको सरकार बचाउन ओलीसँग आग्रह गरेका थिए ।
दुवैको कुरा सुनेपछि ओलीले सरकारबाट भाग्न माओवादी नै चाहेकाले आफूले उसलाई रोक्न नसक्ने बताए । उनले माओवादीलाई आफूले सरकार नछाड्ने र जे मन लाग्छ गर्न भनेका थिए ।
सोमबार एकाएक बिग्रियो माहोल
आइतबार ओलीसँग कुरा मिल्ने छाट नदेखेपछि सोमबार माओवादीले छलफल गरेर सरकार गठनबारे कांग्रेससँग गम्भीर छलफल गर्यो । उसले माओवादीले सरकारको समर्थन फिर्ता लिएर बहुमतीय सरकार गठन गर्नेभए आफूहरु सहयोग गर्न तयार रहेको जानकारी दिएपछि ओली र प्रचण्डबीच साझ करिब ३ घण्टा लामो छलफल भयो ।
छलफलमा प्रचण्डले सहमतीय सरकार गठनका लागि सघाउन या तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । तर, ओलीले आफूले नौँ बुँदे र तीन बुँदे दुवै कार्यान्वयन नगर्ने बरु माओवादीलाई जे गर्नुछ गर्दा हुन्छ भनेपछि कुरा मिल्न सकेन ।
ओलीको कुरा सुनेर मुर्मुरिएका प्रचण्डले एक्कासि सरकारको समर्थन फिर्ता लिने ठोस निर्णय गरे । उनले पार्टीका माथिल्लो तहका नेतालाई फोन गरेर ओलीसँग भएको कुरा सुनाउँदै उनीप्रति आक्रोश पोखे र सरकारको समर्थन फिर्ता लिने अन्तिम बिकल्प सुनाएँ ।
एमालेको गम्भीर चाल
एमाले र विशेषगरी ओलीको चाहना नै माओवादीले सरकारको समर्थन फिर्ता ल्याओस् भन्ने थियो । उनी तीन बुँदे सहमति कार्यान्वयन गरेर माओवादीलाई सरकार हस्तान्तरण गरी आफूमाथि सरकार परिवर्तन गरेको दोष थुपार्न चाहन्नथे । बरु माओवादीले नै सरकारको समर्थन फिर्ता लिएमा गालीजति उसले खाने एमालेको ठहर थियो । त्यसले जनतामालोकप्रिय बन्दै गएको आफ्नो सरकार र त्यसका नायक आफू (ओली) झन् लोकप्रिय बन्ने र माओवादीलाई सरकार ढालेको आरोप लाग्ने ओलीको बुझाइ थियो ।
सो कुराका पुष्टी मंगलबार माओवादीले सरकारको समर्थन फिर्ता गरेपछि एमाले नेताको मुखबाट निस्किएको भनाइले समेत पुष्टी गर्छ । त्यतिमात्र नभएर ओलीनिकट नेताहरुले उनलाई राजीनाम नदिन र सरकारप्रति प्रतिपक्षले ल्याएको अविश्वासको प्रस्ताव सामाना गर्न सुझाव दिएका छन् । जसका कारण सरकार परिवर्तनमा एमाले चोखिने छ र त्यसको आरोप सबै माओवादीलाई लाग्ने छ । त्यसको फलस्वरुप आगामी चुनावमा एमालेले जनताबाट भारी मत पाउने र माओवादी–कांग्रेस सरकार ढालेको आरोपमा नाङ्गिने, भन्ने एमालेको बुझाइ छ र उसको योजना पनि त्यही हो ।
थापा र गच्छदारलाई पनि उस्तै डर
एमालेको चाल थापा पाएका कमल थापा र विजयकुमार गच्छदार यसै कारण अ न्तिम समयसम्म ओली सरकारको समर्थन गरिरहन चाहन्छन् । यदि ओली सरकाको विरोध गरेमा वा उसको साथ छाडेमा आफुहरु पनि माओवादी जस्तै विरोधको पात्र बन्ने र जनताले भूइमा पछार्ने उनीहरुलाई डर छ । त्यसैले थापा र गच्छदारले संसदबाट अविश्वासको प्रस्तावले ओली सरकार नढलेसम्म उनलाई साथ दिइरहने मनसाय बनाएका छन् ।
जेजस्तो भएता पनि आफ्नो लोकप्रियता बचाइराख्न र आगामी चुनावमा माओवादीलाई सरकार ढालेको दोष देखाएर त्यसको फाइदा आफूले लिने एमालेको मुख्य रणनीति हो । त्यसैले पनि ओलीले अन्तिम समयमा माओवादीलाई सरकार छाड्न आफै उक्साएका थिए । जे होस् माओवादीले ओलीको सत्ता गठबन्धनका नाताले अन्तिम चाहना पुरा गर्दै सरकारबाट बाहिरिएको छ र एमालेले बनाएको प्लानले कामसमेत गरिरहेको छ । प्रतिपक्षले अविश्वासको प्रस्तावले सरकार ढालेको दिन एमालेले आफूले हारेको होइन जितेको महसुस गर्नेछ । किन कि उ चाहन्छ नै त्यही…


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.