-->
रुख ढल्दा च्यापिएर घरमा सुतिरहेका १० वर्षीय छोराको मृत्यु, ८ महिने बालकसहित आमा घाइते

कैलाली, साउन ३ - घरमा सुतिरहेका बेला आएको हावाहुरीले रुख ढल्दा च्यापिएर १० वर्षीय बालकको मृत्यु भएको छ अन्य भने दुई जना घाइते भएका छन् ।
भजनी त्रिशक्ती नगरपालिका ७ मधुवन मुक्त कमैया शिविरमा रुख ढल्दा १० वर्षीय बालकको मृत्यु भएको हो ।
सोमबार बिहान साढे ४ बजेतिर आएको हावाहुरीले सालको रुख ढल्दा घरमा सुतिरहेका लाल बहादुर चौधरीका १० वर्षीय छोरा आकाश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन् ।
चौधरीकी श्रीमती ३२ वर्षीया अनिता चौधरी र ८ महिनाका छोरा सुभाष चौधरी घाइते भएका छन् । उनीहरुको प्रहरीले उद्दार गरी उपचारका लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भर्ना गरिएको धामीले बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.