-->
पहिरो खसेर तमोर नदी थुनियो : तल्लो तटिय क्षेत्रका बस्ति जोखिममा

ताप्लेजुङको सावादिन गाविस एकमा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदि थुनिए पछि तल्लो तटिय क्षेत्रका तिन वटा बजार जोखिममा परेका छन् । बिहान करिव २ बजे तिर माथीबाट पहीरो खसेर नदी थुनिए पछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङ लगायतका तल्लो तटिय क्षेत्रका बस्ति जोखिममा परेका छन् भने स्थानियबासी बाडी आउने खतराले त्रसित भएका छन् ।
सो क्षेत्रबाट अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकाले थप खतरा रहेको स्थानियबासीले बताएका छन् । अहिले थुनिएको नदीले केही भाग कटान गरि पानी बगि रहेको भए पनि खतरा कायमै रहेको जनाईएको छ । यता नदी थुनिएको खवर पाउनासाथ प्रहरीको टोली सो क्षेत्रमा पुगि सकेको छ । भने यँहा स्थित नँया रणभिम गुल्मबाट नेपाली सेनाको टोली पनि जाने तयारीमा रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ ।
यस्तै तमोर नदी आसपासका स्थानियबासीलाई सतर्क रहन समेत आग्रह गरिएको प्रहरीले जनाएको छ । अहिले पहरो खसर थुनिएको केही भागलाई नदीले कटान गरेर बगि रहेको भए पनि थप पहिरो खस्ने भएकाले खतरा कायमै रहेको बताईएको छ । यस्तै विगतको तुलनामा नदीमा पानीको बहाव पनि बढेको ईलाका प्रहरी कार्यलय दोभानले जनाएको छ । यता सो क्षेत्रमा रहेको जीवन लाबुङ र दिल बहादुर लाबुङको दुई वटा घर डुवानमा परेको छ भने जीबन लाबुङकै एक हल गोरु नदीले बगाएको जनाईएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.