-->
ओलीका सुन्निएका आँखामा आँशु: भावुक हुँदै भने- मेरो आयु लामो छैन् माफ गर्नुहोस छोटो समयमै केहि गर्न खोजेको थिए तर गर्न दिएन

। एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीले विहीबार आफ्ना नेता कार्यकर्तालाई भनेका छन्-’कमरेडहरूको जतिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन ।’
विहीबार बल्खुमा आयोजित महाधिवेशन समापन समारोहमा निर्धारित समयभन्दा करीव दुईघण्टा ढीलो पुगेका नवनिर्वाचित अध्यक्ष ओलीको अनुहारमा विहीबार कुनै चमक थिएन । उनी आफ्ना सुरक्षाकर्मी र युवा नेता पिताम्बर तिम्सिनाको सहयोगमा भीडको बीचबाट मञ्चसम्म पुगे ।
बीचमा बधाइ भन्दै हात मिलाउन खोज्ने नेता कार्यकर्तालाई हेरेर फिस्स हाँस्ने बाहेक उनले हात दिन सकेनन् । किनकि उनको दाहिने हात छुनै नहुने गरी सुन्निएको थियो र त्यहाँ सेतो पट्टी कसिएको थियो ।
निवर्तमान अध्यक्ष झलनाथ खनाल र आफ्ना प्रतिस्पर्धी माधव नेपालको छेउमा बसेका ओलीले पटक-पटक चस्मा खोल्दै आँखाको आँशु पुछ्न खोज्दा उनको आँखा सुन्निएका प्रष्टै देखिन्थे । अनुहारमात्र सुन्निएको होइन, उनी त्यो भीडमा केही असहज पनि महशुस गरिरहेका थिए ।
Kp oli 650समापन समारोहमा सम्बोधन गर्न उभिएका ओलीमा स्वास्थ्यका कारण अध्यक्ष निर्वाचित भएको उर्जा देखिँदैन थियो । उनले आफ्नो लिखित भाषणसमेत बाचन गर्न नसकेपछि केही मिनेट भासिएको स्वरमा बोलेर मन्तव्य समापन गरे ।
नविनिर्वाचित अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यबारे त्यहाँ केही बोलेनन् । तर, उनको शारिरिक अवस्थालेनै सबै चीज बताइरहेको थियो । लिखितरुपमा उनले तयार पारेको भाषणको अन्त्यमा भने उनले आफ्नो स्वास्थ्य बारेमा सामान्य उल्लेख गरेका छन् । उनले स्वास्थ्यमा केही समस्या भएकोमा आफू सजग भएको र त्यसबारेका टीकाटिप्पणीहरु पनि सुनेको बताएका छन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.