नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ। त्यसपछि प्रधानमन्त्री ओलीको अगाडि दुई विकल्प रहनेछ। पहिलो राजीनामा दिने र दोस्रो संसदबाट विश्वासको मत प्राप्त गर्ने।
एमाले नेताहरुका अनुसार अब ओलीले के गर्ने भन्ने बारे पार्टीले निर्णय लिएको छैन। पार्टी नेता शंकर पोखरेलले सेतोपाटीसँग भने, ‘कसरी अघि बढ्ने भन्नेबारे अझै छलफल हुन् बाँकी छ। तर, संसदबाट नै यसलाई फेस गर्ने तर्फ जान्छ होला।’ अब सरकार निर्माण प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारे संवैधानिक जटिलताहरू छन्।
प्रधानमन्त्रीको प्रेस सल्लाहाकार प्रमोद दाहालले सेतोपाटीलाई भने,‘ प्रधानमन्त्रीलाई संसदले निर्वाचित गरेको हो। र उहाँलाई हटाउन पनि संसदले मात्र सक्छ। प्रधानमन्त्रीले तत्काल राजीनामा दिने होइन संसद फेस गर्नुहुन्छ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...