-->
माओवादीले सरकार छाड्ने निर्णय गरेपछि प्रचण्डसँग नारायणकाजी फायर

काठमाण्डु, २८ असार– पार्टीको सरकाबाट फिर्ता हुने निर्णयप्रति नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आपित्त जनाएका छन् । आफूलाई गुमराहमा राखेर सरकारको समर्थन फिर्ता लिएको भन्दै उनले असन्तुष्टी ब्यक्त गरेका हुन् ।
‘मलाई अध्यारोमा राखेर रहस्यमय निर्णय गरियो’ श्रेष्ठको भनाई उद्धृत गर्दै उनी निकट एक नेताले काठमाण्डु टुडेसँग भने, ‘यो निर्णयमा मेरो समर्थन छैन ।’
स्रोतका अनुसार श्रेष्ठलाई सरकार छाड्ने निर्णयबारे प्रचण्डले मंगलबार बिहान टेलिफोनमार्फत जानकारी गराएका थिए । जवाफमा श्रेष्ठले सुझबुझबिना हतारमा गरिएको निर्णयमा पुर्नबिचार गर्न भनेका थिए । तर, प्रचण्डले आफूले निर्णय गरिसकेकाले पछि नहट्ने बताएका थिए ।
सोमबारको केन्द्रीय कार्यालय बैठकमा श्रेष्ठले नौँ बुँदे हसमति कार्यान्वयनका लागि दबाब दिएर सरकामै बस्नुपर्ने राय दिएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.