काठमाडौं, २६ असार । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले खाडीसहितका विभिन्न मुलुकमा रोजगारीमा जाने कामदारलाई काम गर्न गएको मुलुकमा पुग्नेवित्तिकै मोबाइल उलब्ध गराउने गरिएको बताउनुभएको छ ।
संसदको शनिबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बोहराले नेपाली मजदुरलाई काम गर्नुअघि मोबाइल उपलब्ध गराउने गरिएको बताउनुभयो ।
‘नेपाली कामदारलाई सहज होस् भनेर जानेवित्तिकै मोबाइल उपलब्ध गराउन सहमति गरिएको छ’, उहाँले भन्नुभयो, ‘त्यसको जानकारी सम्बन्धी मुलुकको राजदूतावासमा रेकर्ड राख्ने गरिएको छ ।’
फ्रि भिसा र फ्रि टिकटको प्रावधान फिर्ता लिने सरकारको कुनै योजना नरहेको उहाँले बताउनुभयो । फ्रि भिसा र फ्रि टिकटको प्रावधान विपरित कामदारसँग धेरै रकम लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने श्रममन्त्री बोहराले चेतावनी दिनुभयो ।
‘कडा कानुनका लागि विधेयक ल्याउँदैछौँ’, उहाँले भन्नुभाये, ‘मजदुरलाई ठगी भइरहेको छ । म्यानपावर कम्पनीलाई कारबाही गर्नका लागि त्यो विधेयकले दायरामा ल्याउने छ । वैदेशिक रोजगार व्यवसायीहरूलाई कानुनको दायरामा आउने छन् ।’
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...