-->
प्रधानमन्त्रीले अकस्मात किन बोलाए सत्तारुढ दलहरूको बैठक ? बोल्ड निर्णय हुन सक्ने

काठमाडौं, २५ असार । सत्ता परिवर्तनका विषयमा विभिन्न हल्ला चलिरहेको प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी दलहरूको बैठक आह्वान गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा शनिबार साँझ ६ बजे सत्तारुढ दलहरूको बैठक बोलाउनु भएको हो । ‘सत्तारुढ दलहरूको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ’, स्रोतले भन्यो, ‘बजेट पारित गर्नुपर्ने अवस्था छ ।
माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार भनेर कुरा राख्दै आएको छ । त्यस विषयमा कुरा गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हुन सक्छ ।’
सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि पहल गर्ने निर्णय गरेपछि प्रमुख दलहरू आन्तरिक गृहकार्यमा छन् ।प्रधानमन्त्री ओलीले अकस्मात सत्तारुढ दलहरूको बैठक आह्वान गर्नुलाई विशेष महत्वका साथ लिइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.