-->
डीएसपीको कार्यशैलीप्रति एसपी असन्तुष्ट, जिप्रकाबाट तुलसीपुरमा प्रहरी परिचालन

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुरमा हुने अपराधिक क्रियाकलाप रोक्न जिप्रकाबाटै प्रहरी टोली परिचालन गरेको छ ।
डिएसपीको कमाण्डमा ७५ जनाको दरवन्दी भएको इप्रका तुलसीपुरको कार्य शैली सन्तोषजनक नभएपछी दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिहंले जिप्रका बाटै सहायक प्रहरी निरीक्षक उज्वल शाहको नेतृत्वमा १० जना प्रहरीको टोली तुलसीपुरमा खटाएका हुन् ।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी कृष्णप्रसाद प्रसाँइले आर्थिक प्रभावमा परेर अपराध नियन्त्रणमा ध्यान नदिएको भरपर्दो सूचना पाएपछी करिब एक महिना पहिले दाङ आएका एसपी सिंहले आएकै दिनदेखी दुई जना प्रहरीलाई तुलसीपुरमा खटाएका थिए । उनले खटाएका सादा पोशाकका प्रहरीले तुलसीपुरबाट ब्राउनसुगर सहित एक महिलाई नियन्त्रणमा लिए भने पातुखोलामा अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन् गर्न प्रयोग भएको एउटा स्काभेटर र पाँच वटा ट्याक्टर जिप्रकामा बुझाए ।
उनिहरु एक किलो यार्सागुम्बा सहित एक जना तस्कर पनि नियन्त्रणमा लिए । त्यसैगरी नयाँ बसपार्कबाट १७ जना जूवाडे पक्राऊ गरे भने एउटा चोरीको मोटरसाइकल बरामद गरे ।
जिप्रका बाट आएका सादा पोशाकका प्रहरीले गरेको अपराध नियन्त्रण मध्य नदिजन्य पदार्थको अबैध उत्खनन् र जूवा संचालनमा इप्रका तुलसीपुरको मिलेमतो भएको जिप्रका दाङका एक प्रहरी अधिकारीले जानकारी दिए । उनले भने,“ नदिजन्य पदार्थको अबैध उत्खनन् र जूवा संचालनमा इप्रकाको संलग्नता छ भन्ने कुरा तथ्य सहित आएपछी निगरानी गर्दा त्यस्र्तै पाइयो र जिप्रकाको टोलीले नियन्त्रण लियो ।” ती प्रहरी अधिकारीका अनुसार दाङ प्रहरी प्रमुख सिंह इप्रका तुलसीपुरका प्रमुख डिएसपी प्रसाँइको कार्य शैली प्रती असन्तुष्ट छन् । त्यसैले तुलसीपुरमा डिएसपी हुँदाहुँदै पनि यहाँको अपराध नियन्त्रण गर्न जिप्रका बाटै प्रहरीको टोली पठाउने गरेका छन् । इप्रका तुलसीपुरको मुख्य प्रगती विवरणमा नै जिप्रकाको टोली गरेका काम उल्लेख छन् ।
एसपी सिंहले तुलसीपुरमा अपराधिक घटना र योजना धेरै बन्ने तर इप्रकाले खासै उल्खनीय काम गर्न नसकेकाले घोराहीबाट समेत प्रहरीको टोली खटाएको बताए । उनले भने, “तुलसीपुर अलि सम्वेदनशील क्षेत्र हो । त्यहाँ त्यती प्रभावकारी काम भएको नदेखिएकाले यताबाट प्रहरी पठाएको छु । यसलाई अन्यथा लिनु हुँदैन ।”
एसपी सिंहले जिप्रका बाट प्रहरी खटाएर अपराध नियन्त्रण गर्न थालेपछी तुलसीपुरवासीले यहाँको शान्ति सुरक्षा सुध्रनेमा अपेक्षा गरेका छन् । जिप्रका बाट आएको सहायक प्रहरी निरीक्षक शाहको नेतृत्वको प्रहरी टोलीले तुलसीपुरमा चोरीका मोटरसाइकल, गुन्डागर्दी, जूवा तास नियन्त्रण लगाएका सबै प्रकारका अपराध रोक्ने अभियान चलाएको छ ।
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.