-->
मुलुकको वर्तमान शासकिय संरचना भत्काए मुलुक ठुलो दुर्घटनामा पर्ने पौडेलको चेतावनी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको वर्तमान शासकिय संरचना भत्काए मुलुक ठुलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
कांग्रेसका स्वर्गीय नेता चक्रमान डंगोल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौमा गरेको समुन्नत नेपालका आधारहरु विषयक विचार गोष्ठीमा नेता पौडेलले मुलुकको वर्तमान शासकिय संरचना भत्किए मुलुक ठुलो दुर्घटनामा पर्ने चेतावनी दिएका हुन ।
धारा २९८ अनुसार नयाँ सरकार गठन गर: विज्ञ
बरिष्ठ नेता पौडेलले दलहरुबीच सत्ताको लागि नभई व्यवस्थाको लागि एकता हुनुपर्नेमा जोड दिए । उनले दलहरु सत्तामा बसेपनि बाहिर बसेपनि संविधान कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
नेता पौडेलले नेपाली कांग्रेस सत्ता बाहिर रहदापनि संविधान कार्यान्वयनमा ध्यान दिएको भन्दै संविधान कार्यान्वयन कांग्रेसको पहिलो प्राथमिकता भएको बताए ।
प्रजातान्त्रिक प्रणालीमा सरकार परिर्वतन हुनु सामान्य भएको भन्दै नेता पौडेलले संविधान कार्यान्वयनमा सहयोग गर्न नेकपा एमालेलाई आग्रह गरे। कार्यक्रममा समाजसेवी चक्रमान डंगोल स्मृति विशेष पुस्तकको विमोचनसमेत गरिएको थियो ।
nepaliheadlines


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.