-->
बिराज भट्टको खतरानाक कमब्याक । हेर्नुस ‘जय परशुराम’ ट्रिजर

सुपरस्टार बिराज भट्टको कमब्याकले नेपाली फिल्म उद्योगमा एकपटक फेरी खल्बली मच्चाउन सक्छ । मंगलबार सार्वजनिक भएको उनको कमब्याक फिल्म ‘जय परशुराम’को ट्रिजर हेर्दा यस्तै अडकल लगाउन सकिन्छ ।
ट्रिजरमा उनको उपस्थिति निकै वजनदार छ । प्राय साथ इन्डियन फिल्ममा देखिने यस्ता दृश्य बिराजको जय परशुराममा देखिएको छ । साउथको स्वादलाई यो फिल्मले बिर्साउने लगभग पक्काजस्तै देखिन्छ । फिल्मको मेकिङ, लोकेशन, सिनम्याटोग्राफि लगायत पनि अब्बल रहेको ट्रिजरबाट प्रस्ट हुन्छ ।
फिल्म निर्माता एवं अभिनेता रोज राणाको पहिलो निर्देशन हो । यो फिल्मलाई रोज र बिराज दुवैको परिक्षाको रुपमा पनि लिन सकिन्छ । उनीहरु दुवै बिगत केहि बर्षयता नेपाली फिल्मबाट टाढा थिए । फिल्म साउन २८ मा रिलिज हुने बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.