एजेन्सी । सुन्दरताको प्रतिस्पर्धामा शीर्ष स्थान पर्छिन् भेनेजुयलाका महिलाहरु ।
हालसम्म ७ मिस युनिभर्स, ६ मिस वल्र्ड, ७ मिस इन्टरनेशनल, २ मिस अर्थ गरी यो देशले सुन्दरता प्रतियोगिताको २१ टाइटल जितिसकेको भेनेजुयलाका महिलाहरुले अहिले पनि सुन्दरताका विषयमा विश्वमा नै राज गरेको पाइन्छ ।
हुन त सुन्दरता प्रत्येक मानिसको लागि भिन्न हुन्छ तर पनि कोही महिला त्यस्ता हुन्छन् जो लगभग सबैको नजरमा राम्रा देखिन्छन् ।
यी महिलाहरुले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पनि हात पार्न सफल भई देश विदेशतीर आफ्नो देशको नाम राख्दछन् । जसमा भेनेजुयला अहिलेसम्मकै शीर्ष स्थानमा नै पर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...