काठमाण्डु, ५ साउन– राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को गतिविधिका बारेमा सभामुख ओनसरी घर्तीले जानकारी गराएकी छन् ।
राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट गरी घर्तीले संसद्को गतिविधिका बारेमा जानकारी गराइन् ।
नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको थियो । दलका यही अविश्वासको अवस्थालाई पुनः विश्वासमा ल्याउन सभामुख घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् ।
राष्ट्रपति भण्डारी र सभामुख घर्तीका बीचमा करिब एक घन्टाभन्दा बढी छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिइन् ।
‘मैले सम्मानीय राष्ट्रपतिलाई संसद्को गतिविधिका बारेमा जानकारी गराई, दलका बीचमा सहमति कायम गराउन गरिरहेको प्रयासका बारेमा पनि ब्रिफिङ गरे ।’ उनले भनिन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले दलको बीचमा संविधान कार्यान्वयनका लागि एकता, सहमति आवश्यक रहेको बताएको घर्तीले सञ्चारकर्मीलाई जानकारी दिइन् ।
भोलि सदनको बैठक बस्दैछ, दलबीचको अविश्वास हट्ला त रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो मैले दलका शीर्ष नेतालाई भेट गर्दा उहाँहरुले सहमति कायम गर्ने जानकारी दिनुभएको जवाफ दिए ।
सभामुख घर्तीले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गरेकी थिइन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...