-->
मस्र्याङदीमा बगेका बालकको प्रहरीले ग¥यो उद्धार

बेसीशहर, साउन ४ गते । हिमाल पारीको जिल्ला मनाङमा मस्र्याङ्दीले बगाएको एक वालकको प्रहरीले सकुसल उद्धार गरेको छ । मनाङको धारापानी गाविस वडा नम्वर १ ताल स्थित मस्र्याङदी नदिले बगाएको वालकको प्रहरीले उद्धार गरेको हो ।
भेलमा आएको दाउरा टिप्न गएका ११ वर्षका विपिन गुरुङलाई मस्र्याङ्दीले बगाएको थियो । बगाउँदै गरेको बालकलाई प्रहरी सहायक निरीक्षक लक्ष्मण न्यौपानेको टोलीले तत्काल उद्धार गरेको स्थानीयले बताएका छन् ।
दाउरा टिप्ने क्रममा नदिको विचमा पुगेपछि नदिको छालले गुरुङलाई बगाएको थियो । गुरुङलाई नदिले करिव ६० मिटर तल पु¥याएको प्रसनि न्यौपानेले जानकारी दिनुभयो । ‘बालकलाई बगाएपछि रुवाबासी भयो, सुन्नेवित्तिकै तत्काल उद्धार गरिहाल्यौं ।’
प्रसनि न्यौपानेले भन्नुभयो ‘तत्काल बालकको ज्यान बचाउन पाउँदा निकै खुसी लागेको छ ।’ मस्र्याङ्दीको सतह समतल भएकोले सजिलै वालकलाई उद्धार गर्न सकिएको न्यौपानेले बताउनुभयो । ताल भन्दा केहि तल पु¥याएको भए उद्धारको सम्भावना नहुने उहाँले बताउनुभयो ।
बालकलाई नदिबाट उद्धार गरेपछि प्राथमिक उपचार गरिएको र अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ । गुरुङ तालस्थित भानु माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छन् । प्रहरीले समयैमै उद्धार गरेको भन्दै तालबासीले प्रहरीलाई धन्यबाद दिएका छन् ।
वर्षातको समयमा तालबासीहरू नदिले बगाएको दाउरा टिप्ने गर्दछन् । प्रायः होटल व्यवसायमा व्यस्त तालका बासिन्दाहरूले नदिले बगाएको दाउरा उपयोग गर्दै आएका छन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.