-->
नयाँ सरकार गठनका सम्बन्धमा काँग्रेस र माओवादीबीच खटपट सुरु

काठमाडौं, २८ असार- नेकपा माओवादी केन्द्रले बर्तमान केपी ओली सरकारबाट समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका सम्बन्धमा काँग्रेस र माओवादीबीच हानाथाप सुरु भएको छ ।
नेकपा माओवादीले सरकार छोड्ने निर्णय गरेसँगै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबीच सरकार गठनका बारेमा खटपट देखिएको हो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता देवप्रसाद गूरुङले अव देश विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउँदै त्यसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्न पाउनुपर्ने घुमाउरो धारणा राखे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ठूलो दल भएको हिसाबले अब सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्नेमा जोड दिएका छन् ।
उता नेकपा एमालेका नेता तथा केपी ओली सरकारका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिनु राष्ट्र र सो दलका लागि ठूलो घाटा रहेको बताएका छन् ।
मन्त्री राईले संविधान प्राप्तिसँगै मुलुक आर्थिक विकास र समृद्धितिर लम्किरहेकाले प्रधानमन्त्री पदको लोभ गर्दै माओवादी सरकारबाट बाहिरिन हुँदैनथ्यो भने । संविधान कार्यान्वयनको कार्ययोजना ल्याई राष्ट्रिय स्वाधीनताको रक्षामा कटिबद्ध वर्तमान सरकारलाई विस्थापन गर्न खोज्नु मुलुक र जनताको हितमा नभएको बताउँदै माओवादीले चालेको यस कदम आत्मघाती रहेको पनि उनले जिकिर गरे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.