काठमाण्डौं । चायाँ मानिसको टाउकोमा मात्र नभइ कसैकसैको अनुहार , हात ,खुट्टामा पनि पर्ने गरेको पाइन्छ । धेरै जसो मानिसको भने टाउकोमा नै पर्छ । सरसफाइमा ध्यान दिँदा दिँदै पनि एक दुई दिन ननुहाउँदैमा चयाँले सताउने गर्दछ । चयाँ छला सम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरु बहिर निस्केपछि हामी त्यसलाई नै चाँया भन्ने गर्दछौ ।
चायाँबाट सबैले मुक्ति चाहेकै हुन्छन् । चायाँका कारण अरुले हेर्ने दृष्टिकोण र आफ्नो सुन्दरताको पनि चिन्ता हुन्छ ।
आजकाल चायाँ हटाउने बिभिन्न तरिकाको प्रचार गरिएको पाइन्छ । तर अरुले भनेकै भरमा विभिन्न सामाग्रीको प्रयोग गर्दा चयाँ हट्ने नभइ त्यसले थप समस्याको सिर्जना गर्न पनि सक्दछ ।
चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन् ।
१. एक कप दहिमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र दुई घण्टामा धुने । यो प्रक्रिया केही दिन जारी राखेमा टाउकोको चायाँ बिस्तारै हराउँदै जान्छ ।
२. कपालमा नियमित रुपमा नरिवलको तेल लगाउँदा पनि कपालको चायाँ हराउँदै जान्छ । तर नरिवलको साथै अन्य खालको तेल प्रयोग गर्नु हुँदैन ।
३. अमला र रिठा मिलाएर कपालमा लगाउने र त्यसको दुई घण्टा पछि धुने यो प्रक्रिया केहि दिन जारी राखेका चायाँ हराउँदै जान्छ ।
४. सँधै नुहाउनु भन्दा अगाडी कागतीको रसले टाउको मालिस गरेमा पनि केहि हद सम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
५.अरुले प्रयोग गरेका ब्रस, तकिया , काईयो , सिरानी सकेसम्म प्रयोग नगर्ने ।
६. काँचो अण्डा फुटाएर कपालमा राम्रोसँग दल्ने र एक घण्टा सम्म राखेर टाउको पखाल्ने । त्यसमा हल्का सेम्पु पनि प्रयोग गर्न सकिन्छ । अण्डासँगै मरिच र दही पनि प्रयोग गरे झनै प्रभावकारी हुन्छ ।
७ . धुलो र अत्याधिक घाममा हिड्दा टाउको छोप्ने गर्नुपर्दछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...