-->
गाैरी मल्ल प्रकरणकाे नालीबेली : के भएको थियो जापानमा उनलार्इ

काठमाडौं, , २४ असार – जापानी कम्पनीहरुलाई नेपाली कामदार पठाउने काम गर्दै आएका अनुज शाक्यले गौरी मल्ललाई त्यहाँको ‘इको स्प्रे’ कम्पनिले उत्पादन गरेको एयर फिल्टरको विज्ञापनमा मोडलिङ गरिदिन अनुरोध गरेका थिए । सिंहदरबार हेरेपछि आफू गौरीको सुपरफ्यान भएको भन्दै अनुजले जापानमा मोडलिङको अवसर प्रदान गर्न पुलको काम गर्ने रहर भएको बताएका थिए ।
जापान बस्ने नेपालीले आफ्नो प्रशंसासहित मोडलिङको अवसर प्रदान गर्ने इच्छा ब्यक्त गरेको देखेर गौरीलाई खुसी नलाग्ने कुरै थिएन । तैपनि सुरुमा उनले अनुजको विश्वास गरेकी थिइनन्, तर दुई लाख रुपैयाँसहित प्लेन टिकटसमेत पठाइसकेपछि भने गौरीलाई विश्वास गर्न कर लाग्यो । लामो समय जापान बसेका कारण त्यहाँ गौरीका केही व्यक्तिगत काम पनि थिए । बुझिएअनुसार गौरीले जापान जानुअघि अनुजसँग दुईवटा सर्त राखेकी थिइन् । पहिलो सर्त थियो, ‘म जापानमा पहिले पनि लामो समय बसेका कारण धेरै चिनजान छ । काम नसकुन्जेल म जापान आएको कसैलाई थाहा नहोस् । म जापान आएको थाहा पाएपछि धेरै मान्छेसँग भेटघाट गर्नुपर्छ जसले गर्दा काम राम्रोसँग गर्न सकिँदैन ।’उनको दोस्रो सर्त थियो ‘म शाकाहारी भएका कारण त्यसअनुरुप खानपान एवं ध्यान योग गर्ने वातावरण बनाइदिनुपर्छ ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.