-->
पाचँथरमा गर्भपतन गराउनेको संख्या डरलाग्दो : सम्बन्धित निकाय माैन

पाँचथर /पाँचथर जिल्लामा गर्भपतन गराउनेको संख्या दिन प्रतिदिन वढ्दै गएको छ । गत आर्थिक वर्ष ०७१÷०७२ मा १ हजार ३ सय ९४ जना महिलाले गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । जिल्लाको प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थामा १ हजार ४५ र जिल्ला अस्पताल पाँचथरमा ३ सय ४९ जनाले गर्भपतन गराएको कार्यालयले जनाएको छ ।
आइपस नेपालका जिल्ला संयोजक केदार भण्डारीका अनुसार ०७२÷०७३ साउन देखि वैशाख सम्म जिल्ला अस्पताल बाहेक ८ सय ८३ जनाले गर्भपत गरेको पाइएको छ । पछिल्लो समय गर्भपतन गराउने क्रम वढेपछि त्यसको न्यूनिरकणको निम्ति भन्दै आज बसेको जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिती पाँचथरको वैठकले जिल्लामा रहेका औषधी पसलहरुलाई औषधी ब्यवस्था विभागमा सूचिकृत गराएर मात्रै गर्भवती सम्वन्धी औषधी विक्री वितरण गर्न पाइने,गैरकानुनी रुपमा गर्भपन गराउने सूचना,विज्ञापन संचारमाध्यममा प्रकाशन,प्रशारण गर्न प्रतिवन्ध गर्ने निर्णय गरिएको छ ।
जिल्लाका औषधी पसलका ब्यवसायि,प्रजिअ किरण थापा,स्वास्थ्य कार्यालय प्रमुख डा.पवन कुमार शाह,जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइराला लगायत सम्मिलत वैठकले यस्तो निर्णय गरेको हो ।१२ हप्ता सम्मको गर्भ,हाडनाता र जर्वजस्ती करणी गरेको १८ हप्तासम्म ,महिलाको ज्यान खतरामा पर्ने वा शारिरीक वा मानसिक गम्भिर असर पर्ने वा विचालंग वच्चा जन्मन सक्ने भएमा योग्यता प्राप्त चिकित्सकको राय,सल्लाह सुझाव अनुसार गर्भपतन गराउने ब्यवस्था रहेको संयोजक भण्डारीले वताउनुभयो ।
गर्भनिरोधक सामानको प्रयोग नगरेका कारण पनि गर्भपतन गराउने महिलाको संख्यामा वृद्दि भएको हुन सक्ने उहाँको भनाई छ । अहिले जिल्लामा ३२ प्रतिशत महिलाहरुले मात्रै गर्भनिरोधक सामान र औषधीको प्रयोग गर्दे आएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.