-->
वार्ताबाटै समस्याको समाधान खोजौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति कुनै असन्तुष्टि भए वार्ता र सहमतिबाटै समाधान खोज्न सकिने बताउनुभएको छ ।
दशरथ रङ्गशालामा आज आयोजित नयाँ शक्ति नेपालको पार्टी घोषणा सभालाई सम्बोधन गर्दै उहाँले संविधानले कुनै पनि जाति, समुदाय र वर्गलाई विभेद नगरेको भन्दै यदि कहीँकतै कमजोरी भए त्यसलाई सच्याएर जान सकिने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार आग्रहहीन छ, वार्ताद्वारा समस्याको समाधान गर्न सकिन्छ, मैले पत्र लेखेरै आग्रह गरेको छु असन्तुष्ट पक्षसँग केही समस्या छन् भने बसाँै छलफल गरेर समाधान निकालौँ ।”
उहाँले क्षेत्रीय अखण्डता, जातीय, भाषिक, धार्मिक भिन्नताका आधारमा नभई राष्ट्र, राष्ट्रियता र कानुनले दिएको अधिकारलाई प्रयोग गर्दै बहुभाषिक, भौगोलिक विविधतायुक्त मुलुक नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले नयाँ शक्तिले देशको विकासको समृद्धि र जनताको उन्नतिका लागि राम्रो काम गरोस् भनी शुभकामनासमेत व्यक्त गर्नुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.