काठमाण्डु, २४ जेठ–झण्डै एघार वर्षअघि दुईजना सर्वसाधरणमाथि यातना दिएको अभियोगमा लण्डनमा तीन वर्षदेखि लण्डनमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्धको सुनुवाई प्रक्रिया सुरु भएको छ ।
सोमबार लण्डनको सेण्ट पल्स गिर्जाघर नजिकै रहेको ओल्ड बेली केन्द्रीय फौजदारी अदालतमा सो सुनुवाई सुरु भएको हो ।
सुनुवाई प्रक्रिया जस्टीस स्वीनीको इजलासमा सुरु भएको समेत बताइएको छ ।
नेपालमा शसस्त्र द्धन्द्ध जारी रहेको बेला करिब एघार वर्षअघि कपिलवस्तुको गोरुसिंगे व्यारेकमा कार्यरत रहँदा थुनामा रहेका सर्वसाधारणमाथि उनले चर्को यातना दिएको रिपोर्ट बाहिर आएको थियो ।
यद्यपि, ती आरोपलाई लामाले अस्वीकार गर्दै आइरहेका छन् ।
त्यहाँबाट लगत्तै शान्ति सेना अभियानमा सुडान पुगेका उनलाई आफ्नो परिवारलाई भेट्न गएको बेला ब्रिटेन प्रहरीले पक्राउ गरेको थियो ।
त्यसको त्यसको लगत्तै अढाई महिनापछि उनलाई विशेष निगारानीमा राख्दै धरौटीमा रिहा गरिएको थियो ।
उनको पक्राउको विषयलाई लिएर त्यसबेलादेखि नेपाल सरकारले विरोध समेत जनाउँदै आएको छ ।
नेपाल सरकारले विरोध जनाएपछि बिट्रेनले संयुक्त राष्ट्रसंघको यातना विरुद्धको महासन्धि अन्तर्गत अन्तर्राष्ट्रिय क्षेत्राधिकार दावी गर्दै पक्राउ गरेको जनाउँदै आएको छ ।
नेपालमा शसस्त्र द्धन्द्धकालका मुद्धाहरुलाई व्यवस्थापन गर्ने भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग समेत गठन भएको छ । तर त्यसको क्षेत्राधिकार कति भन्ने विषयमा समेत बहस चल्दै आएको छ ।
यो सवालमा तत्कालीन द्धन्द्धरत पक्ष माओवादी र सरकार पक्षले समेत नेपालमै यसको व्यवस्थापन गर्ने जनाउदै लामालाई पक्रिनु एउटा सार्वभौम मुलुकको नागरिकमाथि गरेको ज्यादती भन्दै विरोधका आवाजहरु समेत उठिरहेको भन्दै बीबीसीले समाचार लेखेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...