काभ्रे, २४ जेठ । यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार परिवर्तन गराउने योजनामा देशी तथा विदेशी शक्तिकेनद्रहरुमा धाई रहेका छन् ।
उनले यो क्रम जारी नै रहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघसम्म यो सरकार रहने धारणा सार्वजनीक गरेका छन् । काठमाडौं विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा प्रधानमन्त्री ओलीले २०७४ माघपछि मात्रै सरकार परिवर्तन हुने दावी गरेका हुन् ।
उनले भने २०७४ माघपछि मात्रै सरकार परिवर्तन हुन्छ, अहिले मिति पुगिसकेको छैन’ सरकार परिवर्तन हुनेबेलासम्म चुनाव गराएरै छोडछ ।’ बैठकमा सह–कुलपति एवम् शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको विकासमा सक्दो सहयोग गर्ने बताए । बैठकले विश्वविद्यालयको शिक्षाको गुणस्तर उकास्ने लगायत नौ एजेण्डा पास गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...