एजेन्सी । रंगीन दुनियाँमा बेला बेला विभिन्न खालका घटना घट्ने गरेका छन् । कोहि नायिका चल्नका लागि भन्दै नांगिदै पर्दामा देखिन्छन् त कोहि नांगिनुु पर्यो भन्दै सिनेमा छाडेर हिड्ने गरेका छन् । बलिउडमा केहि सिनेमा खेलेर पनि त्यति चर्चामा आउन नसकेकी बलिउड अभिनेत्री चित्रांगदा सिंहले सेक्स सिन दिन इन्कार गर्दै छायाँकन स्थलबाटै सुटिङ छाडेर हिडेकी छिन् ।
चलचित्र ‘बाबुमोशाय बन्दुकबाज’को सुटिङका क्रममा निर्देशक कुशान नन्दी चलचित्रका नायक नवाजुद्दिन सिद्धकीसँग सेक्स सिनको माग गरेपछि चलचित्र सेटबाट बाहिरिएकी हुन् । पहिलो टेक मन नपराएर निर्देशकले चित्रांगदालाई नवाजको माथि आउन चढेर रिटेक दिन भनेपछि चित्रांगदाले रुदै चलचित्रको सेट छाडेर बाहिरिएको खबर छ ।
त्यो बेला नायिकाले पेटिकोट मात्रै लगाएकी थिईन । एउटै सिनका लागि निर्देशकले पटक पटक रिटेक गर्न लगाएपछि फिल्मका नायक पनि निर्देशकसँग रुष्ट रहेको नायिकाले एक अन्तर्वार्ताका क्रममा बताएकी छिन् । नायिकाले फिल्म क्षेत्रमा यो फिल्म आफ्ना लागि सबैभन्दा नराम्रो अनुुभव रहेको बताईरहदा निर्देशकले भने नायिकाले आफ्नो बद्नाम मात्रै गर्न खोजेको बताएका छन् । मिडिया एनपीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...