काठमाण्डु, १ असार– मंगलबार नयाँ शक्ति नेपालले आफ्नो पार्टीबाट सांसदमा उठ्न स्नातक पानस गर्नुर्ने प्रस्ताव ल्याएको विषयले निकै चर्चा पायो । तर, त्यसको केही समयपछि नै नयाँ शक्तिको आधिकारिक सामाजिक संजालमार्फत आफूहरुले त्यस्तो कुनै प्रस्ताव नल्याएको र त्यो सबै हल्ला मात्र भएको बतायो ।
तर, नयाँ शक्तिले हल्ला मात्र भनेको सो विषयमा प्रस्ताव आएको र विधानमा राख्नेबारे समेत छलपल भएको खुलेको छ ।
पार्टी घोषणापछि विधान निर्माणका लागि भएको पार्टीका शीर्ष नेताहरु बीचको छलफलमा सो प्रस्ताव ल्याइएको र पछि त्यसको विरोध भएपछि हटाइएको स्रोतले बतायो । एक नेताले काठमाण्डु टुडेलाई भने, ‘यस विषयमा छलफल हुँदै नभएको होइन । तर, पछि धेरै साथीहरुले स्नातक नै हुनुपर्ने व्यवस्था राख्न नहुने बताएपछि हटाइएको हो ।’
विधान मस्यौदा समितिले सो प्रावधान ल्याएपछि तनावमा परेका करिश्मा मानन्धर लगाएतका अन्डर एसएलसी र प्लस टुलाई यसले ठूलै राहत दिएको छ । काठमाडौँटुडेमा समाचार छ |


0 comments
प्रतिक्रिया दिनुहोस्...