-->
यस्तो छ युरो कपको आजको ३ खेलको तालिका!

जेठ २९ – शनिबार युरोकपमा तीन खेल हुँदैछन् । समूह ए को एक खेल र समूह बि को दुई खेल गरी शनिबार तीन खेल हुन लागेका हुन् ।
पहिलो खेल समूह ए को अल्वानिया र स्वीट्जरल्याण्डबिच हुँदैछ । यो खेल नेपाली समय अनुसार ६ः४५ बजे हुनेछ । फिफा बरियतामा ४२ औं स्थानमा रहेको अल्वानियाले पहिलो पटक युरोकप खेल्न लागेको हो । ८ खेलमा ४ खेल जित्दै अल्वानिया समूह उपविजेता बन्दै पहिलो पटक युरोकपमा पुगेको हो । यसअघि तीन पटक युरोकप खेलिसकेको स्वीजरल्याण्ड अल्वानियाभन्दा मनोबल उच्च पारेर मैदानमा उत्रने छ । सन् २०१० को विश्कपको विजेता स्पेनलाई पहिलो खेलमा रहाउँदै स्वीजरल्याण्डले सनसनि मच्चाएको थियो । फिफा बरियतामा १५ औं स्थानमा रहेको स्वीट्जरल्याण्ड समूह चरणबाट कहिल्यै अगाडि बढ्न सकेको छैन ।
वेल्स भर्सेस स्लोभाकिया
दोस्रो खेल वेल्स र स्लोभाकियाबिच हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ मा हुँदैछ । वेल्स र स्लोभाकिया समूह बि मा छन् । फिफा वरियताको २६ औं स्थानमा रहेको वेल्स पहिलो पल्ट युरोकपमा छनौट भएको हो । वेल्सले छनौट चरणमा खेलेका १० मध्ये ६ मा खेल जित, १ मा हार र तीन खेल बराबरी खेलेको थियो ।
स्लोभाकिया फिफा वरियतामा २४ औं स्थानमा छ । स्पेन विजेता बनेको समूहबाट उपविजेता हुँदै स्लोभाकियाले युरोपकपमा स्थान पक्का गरेको थियो । छनौट चरणमा खेलेका १० मध्ये ७ खेल जितेको थियो । त्यस्तै शनिबार राति १२ः४५ मा इंग्ल्याण्ड र रसियाबिच खेल हुँदैछ । युरोकप छनोट चरणमा एउटा पनि खेल नहारी समूह विजेता बनेको इंग्ल्याण्डले अहिलेसम्म ८ पटक युरोकप खेलिसकेको छ । ८ पटक युरोकप खेलेपनि इंग्ल्याण्ड अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । इंग्ल्याण्ड फिफा बरियतामा ११ औं स्थानमा छ । रसियाले अहिलेसम्म ४ पटक युरोकप खेलेको छ । रसिया फिफा बरियतामा २९ औं स्थानमा छ ।
– एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.