-->
दिल्लीमा कमल थापा चीनलाइ झस्काउदै!! अरु के के गर्दैछन दिल्लीमा बसेर ? जान्नको लागि तलको लिङ्क्मा जानुहोस !!

एजेन्सी– भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले भारत र नेपालबीचको सम्बन्ध अन्य देशको सम्बन्धसँग तुलना गर्न नसकिने गरी गाँसिएको बताएका छन् । शनिबार दिल्लीमा आयोजित ‘नेपाल–भारतबीचको सम्बन्धमा पछिल्लो प्रगति’ विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
परराष्ट्रमन्त्री थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत भारतको अहम् भूमिका रहेको र मुल्यवान सहयोगी भएको बताउँदै नेपाल र भारतबीचको सम्बन्ध अद्धितिय र विशेष रहेको बताए । उनले नेपालले भारत र चीनको विदेश नीतिलाई एकसाथ तुलना गर्न नमिल्ने बताए ।
मन्त्री थापाले भने, ‘नेपाललाई हेर्ने भारत र चीनको विदेश नीति बिल्कुल फरक छ, भारतसँग हाम्रो अहम् सम्बन्ध रहेको छ ।’ थापाको भनाईमा चीनको भन्दा भारतको विदेश नीति र नेपाल–भारतबीचको सम्बन्ध पृथक रहेको र चीनसँग यो दाँज्न नमिल्ने किमिसको रहेको भन्ने प्रष्टोक्ति झल्किन्थ्यो ।
थापाले सबै देशको आ–आफ्नै चरित्र हुने र विदेश नीति पनि उही किसिमको हुने भएकोले नेपालले पनि सोही चरित्रका आधारमा विदेश नीति तय गर्ने बताएका थिए । उनले अर्को एक प्रसंगमा नेपालको नयाँ संविधानमा जरुरी पर्नासाथ संशोधन गर्दै जाने व्यवस्था भएको र सोही अनुसार चल्ने बताएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.