स्त्री अनि पुरुष एक आपसमा नबाँधिउन त यस संसारलाई प्रकृतिले एकै गाँस पारेर निलिदिन्थ्यो होला । यस्तो हुन नदिन धेरै ऋषि मुनीहरुले हजारौं बर्ष तपस्यामा लिन हुनु पऱ्यो होला । स्वयं इश्वरलाई पनि गालामा हात राखेर नदी तटमा आसीत भई घोत्लीनु परयो होला । ज जसले यस ईन्द्रीय पत्ता लगायो होला, अनुसन्धान गरयो होला अनि यस निष्कर्समा (विवाह) मा पुग्यो होला वास्तवमा त्यो भगवान नै हो वा होइन पाठकबृन्द तपाई आफै मुल्यांकन गर्नुहोस ।
यस पुर्विय समाजमा प्रचलित बिभिन्न प्रकारका बिवाहहरु पाईन्छ । गान्धर्व बिवाह, दैव बिवाह, पशु बिवाह, राक्षसी बिवाह आदि अनि पश्चिमेली बिवाह जुन हाम्रो रीति रिवाज र मूल्य मान्यता भन्दा निकै बैज्ञानिक र आधुनिक भन्न रुचाउछन ती त्यस्ता किसिमका बिवाहहरु प्नि नारी शोषणकै निम्ति सिर्जित तरिका हुन भन्नु अतिसयुक्ति नहोला ।
आज भोली हाम्रो यो आर्य :भमष्तभचचबलभबल समाजमा बिवाह एक त्यस्तो सामाजिक यौन बैधता प्राप्त संस्कार हो जसमा हरेक माता पिताद्धारा / अभिभावक आफ्नी छोरीलाई एक अपरिचितको साथ लगाएर पठाईन्छ । माईतीमा बिद्रोह गरि केही न केही स्वतन्त्रता प्राप्त गर्दथी तर अब उसको बिवाह भईसक्यो । उसको नया जीवनको शुरुवात त भयो तर भविष्यको अन्त पनि त्यसै साथ भयो । अब उसको संसारमा यही भाग्य र जीवन हो । उसका भावी क्रियाकलापहरु उसको सामु प्रष्ट हुन आउाछ जुन उसकी आमाले तिनको अन्तिम स्वााससम्म पनि अटुट रुपमा गर्दै आई रहेकी छिन । दिनहु जसो एकै किसिमका कामको पुनराबृति हुनेछ उसको जीवनमा । बिवाह पूर्व देख्ने गरेकी सपना सार्थक नहुने भए पनि कम्तिमा बिपनामा सो को आशा सम्म लिएर बााचेकी त थिई तर आज बिवाह पाश्चात उ निस्सासिन्छे अनि पीडायुक्त भावनामा डुब्छे सदा सदाको लागि यै पति यै घर अब तिनलाई न अरु कुनै कुराको प्रतिक्षा हुन्छ न अरु कुनै चिजकै आशा ।
त्यसैले यो बिवाहले महिलालाई पुरुषको भोगको बस्तु अनि जीवनभरको दाश बनाएको दृष्टिगोचर हुन्छ । बलज्याक भन्छन, “पत्नी त्यो रुप हो जुनकी पतिले उसलाई बनाउछ” त्यसैले बिवाह भनेको मात्र शारिरीक प्रेम हो, सत्य त यो हो की शारिरीक प्रेमलाई न त लक्ष्य स्वीकार्न सकिन्छ र न लक्ष्य प्राप्तीको साधन । बिश्वको बहुसंख्यक समाजमा बिवाह प्राय: एकै उदेश्य प्राप्तीका लागि गरेको पाइएको छ । नारीको एक मात्र काम पुरुषको सेवा गर्नु र पुरुषको नानी जन्माउने मानवयन्त्र हुनु ।
केही पुरुषहरु हामीले आमालाई कति ठूलो मान सम्मान दिएका छौा के आमा नारी र्हाइनन् र ‘..........? भनेर नारी सम्मानको कुरा गर्छन । तर वास्तवमा तिनले सम्मान हैन प्रजनन सफलताको उपलक्ष्यमा आदर गर्न सिकाइएका होलान । अव यही कुरा गरौा न कुनै बााझो महिलालाई यही समाजले के यस्तै किसिमको सम्मान दिएको छ त‘। बरु बदलामा बेइजजत,अवहेलना र तिरस्कार दिएका छन् । मलाई याद आयो कृष्ण मुरारी ढकालज्यूले कान्तिपुर दैनिकमा लेख्नु भएको एउटा लेख । आमाको कुनै कसुर नै बिना नानाभााती आमा शब्दसाग जोडिएका गाली सुन्दा पनि खै कसैले यसको बिरुद्ध आन्दोलन गरेका छन स्वयं महिला त देखिएन भने पुरुषको के कुरा । त्यसैले बिवाह नारी सम्मानको ढोंग हो नकी सम्मान ।
वास्तवमा हाम्रो पूाजीबादी समाजमा त आफ्नो पैतृक निजी सम्पतिलाई जोगाई राख्न र पुरुष अधिपत्यको संजाल फैलाईरहन यस बिवाह संस्थाको बिकास गरिएको हो ।
एक अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियन केटीको बिवाह एक मरनच्यासे, सुईखुट्टे,फुकिढल पुरुषसंग नै किन नहोस उसको इच्छा बिपरित यदी त्यस श्रीमतीले केही पनि कदम उठाए त्यस श्रीमतीलाई मरणासन्न हुने गरि कुट्छ , उसलाई पाउमा राखेर हिाडछ । उ श्रीमान्को अगाडि निहुरिन्छे, स्वामी, नाथ, प्रभु भनेर अनुनय बिनय गर्छे । किन ?
किन? तिनी हात्ती भएर पनि कमिलासंग डराउछे । किनभने उसमा महिला भएकोमा हिनता भाव छ भने पुरुषमा सम्पूर्ण पुरुषहरुको शक्ति केन्द्रित छ । उसमा उसका पूर्वजहरुद्धारा हस्तारन्तरित पुरुषत्वको घमण्ड छ । जुन उ नारी माथि मात्र प्रयोग गर्न सक्छ ।
पुरुषको पुरुषार्थको पछाडि महिलाको प्रत्यक्ष या अप्रत्यक्ष हात रहिआएको तथ्य तपाई स्वीकार्नु हुन्छ, हैन ? तर खै तिनीहरुको नाम ईतिहासमा कहिं भेट्नु हुन्छ ? महात्मा गान्धाको नाम बालक देखि बृद्धासम्म सवैले सुनेका छन । उनको नाम बिश्व इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ तर रातदिन उनीसंगै संघर्षमा जीवन समर्पण गरिदिने अर्धाङगीनी श्रीमती गान्धीको नाम तपाईले कही कतै सुन्नु भएको छ ? बिश्वका सर्वश्रेष्ठ धनि ब्यक्ति बिल गेट्सको नाम संसारभरि फैलिएको छ । खै तिनको हरेक क्रियाकलापमा सहभागी हुने तिनका श्रीमति छिन या छैनन् केही अत्तो पत्तो छैन । अब्राहम लिंकन, नेहरु, बडामहाराजाधिराज पृथ्वी नारायण शाह, कोफी अन्नान का जीवन संगिनी बिवाह देखि मृत्यु पर्यन्त उनीहरुलाई सेवा दिदै जीवन बिताए तर खै कस्ले चिने तिन्लाई ? बिवाह जीवनभर श्रीमान्लाई खुसी बनाउने काम मात्र गर्दा पनि उसले के पाउछे ? अबिश्वास अनि धोका ।
हो यो समाजमा पुरुष आफू मात्र ठूला बन्न चाहन्छन् । उ नारी माथि शासन गर्न चाहन्छ । राती संगै सुत्दाको बखत सबचिज बलिदान दिन सक्ने तर कामबासनाको तृप्ती पछि नारीलाई गौण बस्तु देख्ने प्रबृतिको हावी पुरुषमा भएकाले उ नारीलाई बिवाह गरि यी सम्पूर्ण कुराहरु ऋाफ्नो नैसर्गिक अधिकारको रुपमा स्वतन्त्रतापूर्वक ग्रहण गर्न चाहन्छ ।
त्यसैले बिवाह पछि नै घरभित्र समेत पुरुषले आफ्नो प्रभुत्व जमायो र नारीलाई पदच्युत गरयो । त्यसैले सिमोन भन्छिन् “बिवाह एक यस्तो बिचित्र मिश्रित भावहरुको प्रणय सुत्र हो जसमा घृणा,द्वेष, स्नेह, अफसोच,संयम, त्याग,नीरसता र आडम्बर हुन्छ ।” भने अव बिवाह कसले कसका लागि गर्ने ??????????


0 comments
प्रतिक्रिया दिनुहोस्...