-->
चीनतिर संकेत गर्दै यसो भन्छन् भारतीय राजदूत

काठमाण्डु, ३१ जेठ– भारतीय राजदूत रञ्जित रायले नेपाल र भारतबीचको सम्बन्ध निकै प्रगाढ रहेको बताएका छन् ।
भारतीय दूतावासको पाँच/पाँच करोड लगानीमा स्याङजाको पुतलीबजार र बयरघारीमा बन्न लागेको क्याम्पस र विद्यालयको शिलन्यास गर्दै रायले नेपाल–भारतबीचको सम्बन निकै बलियो भएकाले कसैले चाहेर यसलाई तोड्न नसक्ने बताए ।
उनले भने, ‘हाम्रो सम्बन्ध भनेको सदियौँ देखि चल्दै आएको सम्बन्ध हो, यसलाई कसैले चाहेर तोड्न सक्दैन । यो आफैमा मजबुत छ ।’
कसैले तोड्न सकदैन भनेर चीनतिर संकेत गरेका रायले चीनको पछिल्लो विकास योजनालाई संकेत गर्दै भारतले नेपालको विकासमा विगतदेखि लगानी, सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने उल्लेख गर्दै भने, ‘हामी सधै नेपालको विकास, प्रगति भएको हेर्न चाहन्छौँ , नेपालको विषयमा हामी निकै चिन्तित रहिरहन्छौँ ।’kathmandu today


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.