काठमाण्डु, २७ जेठ– अमेरिका भ्रमणको क्रममा त्यहाँको संसद भवनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समेत नाम लिएका छन् ।
करिब ४६ मिनेट लामो भाषणमा मोदीले अन्त्यतिर नेपालको नाम लिदै छिमेकी देशप्रति भातको जिम्मेवारी रहेको बताएका हुन् । उनको आसय छिमेकी देशलाई आवश्यक पर्दा भारतले सहयोग गरेको र हरपल गर्न तयार रहेको भन्ने बुझिन्थ्यो ।
दक्षिण एसियाली राष्ट्रको विकासमा भारत लागिपरेको बताउदै मोदीले नेपालल माल्दीभ्स र श्रीलंकाको नाम लिएका थिए । उनले नेपालको भूकम्पको भूकम्प, माल्दीभ्स र श्रीलंकाको पहिरोमा भारतले पहिलो सहयोग गरेको बताउद छिमेकी देशलाई भारतको जिम्मेवारीका रुपमा बताउन खाजेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...