-->
नेपालकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको 'डिपार्चर'मा कर्मचारी हराएपछि

मंगलबार अपरान्ह ३ बजे अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने आफ्नै कार्यकक्षमा त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयको गतिविधि प्रत्यक्षरुपमा सिसिटिभीबाट नियालिरहेका थिए।
डिर्पाचरमा रहेको कुर्सीमा कर्मचारी नदेखिएपछि विमानस्थल अध्यागमन कार्यालयका प्रमुख उद्धब तिमल्सिनालाई फोन गरे ।
'डिपार्चरको चेम्बरमा कर्मचारी देख्दिन कहाँ गए', न्यौपानेले सोधे । 'सेवा गर्न बसेका कर्मचारी कता हराए, छिटो आफ्नो काम लाग्नुस् भन्नुस्' न्यौपानेले निर्देशन दिए।
एकैछिनमा खाली भएको कुर्सीमा कर्मचारी आए र फटाफट काम गर्न थाले ।
अध्यागमन विभागले अहिले विमानस्थलमा सिसिटिभी राखेर त्यसको निगरानी आफ्नै कार्यालयबाट गर्न थालेको छ। अध्यागमन कार्यालयका अवान्छित गतिविधि नियाल्नका लागि सिसिटिभीबाट निगरानी गर्न लागिएको महानिर्देशक न्यौपानेले बताए।
विमानस्थलमा कैद भएका दृश्य इन्टरनेटको माध्यमबाट विभागको डिल्लीबजारस्थित कार्यालयमा हेर्न सकिन्छ। अध्यागमन विभागले ३७ वटा आइपी क्यामरा विमानस्थलमा जडान गरेको छ।
त्रिभुवन विमानस्थलको मात्र नभएर देशभर रहेका सबै अध्यागमन कार्यालयको निगरानी नियाल्न अहिले सिसिटिभी जडान गर्ने कार्य भइरहेको छ।
काकँडभिट्टा, वीरजंज, भैरहवा, नेपालगंज,केरुङमा कैद भएका दृश्य छिट्टै आफ्नै कार्यालयबाट हेर्न मिल्ने महानिर्देशक न्यौपानेले बताए। प्रत्यक्ष रुपमा निरानी गर्दा कर्मचारीहरुले काम चुस्त दुरुस्त गर्ने उनको विश्वास छ।सेतोपाटी बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.