-->
बिहानै आउँछ गाली, ‘छक्का, गे’ भनिएपछि करणले लेखे पत्र

सामाजिक सञ्जालले मानिसलाई आफ्नो अभिव्यक्ति अन्यको सामु जाहेर गर्ने सुविधा दिएसंगै नकारात्मक कमेन्ट गर्नको सङ्ख्या पनि बढ्दो छ। खिल्ली उठाउने, मनलाग्दी भन्ने, अनि तथानाम गाली गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताकै कारण बलिउडका निर्देशक करण जोहर थेरापिस्टसम्म पुगे।
करणको लागि अब सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट सामान्य भइसकेको छ। ‘छक्का, गे भन्दै लगातारको ट्रोलिङका कारण मैले आफ्नो साथी, परिवारसंग छलफल गरे। यहाँ सम्मकी मैले थेरापिस्टको समेत मद्धत लिनु पर्यो।’, करणले एक लेखमा लेखेका छन्।
जब उनी इन्स्टाग्राममा तस्बिर अपलोड गर्छन्, उनलाई छक्का, गे भनिन्छ। जब उनी त्यस्तो कमेन्टको जवाफ फर्काउँछन् सोही जवाफ उनैलाई फेरी फर्काउँछन्। ‘अब य यो मेरो फेवरेट बनेको छ’, उनी भन्छन्।
उनले लेखेका छन्, ‘फिल्मी दुनियाबाट ट्वीटरमा सबैभन्दा पहिले आउनेमध्ये म एक थिए। सन् २००९ मा जब मैले ट्वीटर जोइन गरे तब मलाई लागेको थियो कि म यस्तो दुनियाँमा प्रवेश गर्दै छु जहाँ मानिसले मलाई मन पराउनेछन्, मलाई जान्नेछन्, मेरो काम जान्नेछन्। सबै प्रेमको कुरा गर्नेछन्, घृणाको कुरा कसैले गर्नेछैनन्। सुरुवातमा यस्तै थियो। तर फेरी त्यस्तो समय आायो जब बिहान उठ्नासाथ मलाई गाली गरिएको म्यासेज मिल्न थाल्यो। ‘ भन्छन्। मलाई लगातार छक्का भनिन लाग्यो।’
ट्रोलिङकै कुरामा नायिका अनुष्का शर्माको कुरा गर्दै उनले भने, ‘अनुष्का शर्माकै उदाहरण लिनुस्, इण्डियाले म्याच हार्नुमा उनले के गरेकी थिइन? यस्तो लाग्छ कि केही व्यक्ति घृणा फैलाउन चाहन्छन् अनि यस्तो गर्न हामीलाई सामेल गर्छन।’
ट्रोल गर्नेलाई म्यासेज
उनले लेखेका छन्, ‘मेरो थेरापिस्टले भने की यसको बारेमा मेलै लेख्नु पर्छ, यसैले म लेख्दै छु। तपाई मलाई जति नराम्रो सोच्नुन्छ सायद तपाई पनि त्यस्तै हुनुहुन्छ। तपाई सायद मेरो सेल्फीसंग घृणा गर्नुहुन्छ किनकी तपाई आफैमा जे देख्नुहुन्छ उसलाई प्रेम गर्नुहुदैन। तपाईसंग बिनाकुनै शंका कुनै काम छैन होला र तपाई आफ्नो जीन्दगीको फस्ट्रेशन म विरुद्ध निकाल्नु हुन्छ। तर म निकै खुसी छु, यसबाट निस्कने बाटो खोजीसकेँ। म तपाईसंग भन्न चाहन्छु कि अब तपाई मलाई चिन्तित बनाउनुहुन्न। यो मेरोलाई चिन्ताको विषय हुनेथियो यदि मैले यसको असर थोरै पनि आफ्नो जीवनमा पर्ने दिन्थे।’nepaliheadlines


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.