काठमाडौँ, असार १३ – निलो चलचित्रबाट बलिउड चलचित उद्योगमामा प्रवेश गरेकी पोर्न स्टार सन्नी लियोन हिजो आकस्मिक नेपाल आएकी हुन् । हाल बलिउड चलचित्रमा व्यस्त अभिनेत्री सन्नीले आँफुलाई मन पर्ने देश नेपाल रहेको पनि बताएकी छिन् ।
उनि नेपाल आउनुपूर्व एक ट्विटरबाट ट्विट गर्दै नेपाल भ्रमणका बारे जानकारी दिँदै आफुलाई धेरै मन पर्ने देश नेपाल जान पाउँदा खुसी र उत्साहित भएको बताएकी छिन्।
उनि नेपाल आउनुको कारण , उनि जिंक भुड्काको व्रान्ड एम्ब्यासडर रहेकोले सोही प्रोडक्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन् । सन्नीको यो नेपाल भ्रमण तेस्रो पटक हो । लियोन भोलीसम्म नेपाल रहने कार्यक्रम रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...