-->
बिहानीपख गएको ६.५ रेक्टरको शक्तिशाली भुकम्पले सयौं घाइते!!

जकार्ता । बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियमा शक्तिशाली भूकम्प गएको समाचार छ । पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।
उक्त भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पबाट केही व्यक्ति घाइते भई अस्पताल पु¥याएको बताइएको छ । तर यसबाट मानवीय क्षतिको कुनै समाचार भने प्राप्त भएको छैन ।
पश्चिमी इन्डोनेसियालाई नै सन् २००९ मा गएको भूकम्पबाट एक हजार भन्दा बढी व्यक्तिको ज्यान गएको थियो । यस प्रकोपपछि सुनामीको चेतावनी भने आएको छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.